१० फागुन /अर्थ र व्यापार - अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ । कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए ।
लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बाहनामा रकम माग्दै आएको बताइएको छ । दिउँसो १२ बजेतिर टोली क्वार्टरमा पुगेकोे थियो । अख्तियारका डीएसपी केशव भट्टराईको नेतृत्वमा गएको टोलीले जेलर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया