logo

शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न बिशेष अदालतको अनुमति

    1166   पटक पढिएको

२६ जेठ/ अर्थ र व्यापार- बिशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मा माथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शुक्रबार थप ६ दिन थुना राख्न अनुमति दिएको हो ।

यसअघि गत आईतवार पनि न्यायाधीशद्वयको इजलासले शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियोे । अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मा माथि थप अनुसन्धान गर्न ६ दिनको म्यान थप गरिएको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले वताए । अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समयको माग गर्दै निवेदन दिएको थियो ।

कर फ¥छ्यौट आयोग मार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गत जेष्ठ १९ गते शुक्रबार कार्यालय समयमा लाजिम्पाट स्थित आन्तरिक राजश्व विभाग बाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।