logo

आज सवा १६ खर्बको बजेट ल्याउँदै सरकार

३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याईँदै

    1214   पटक पढिएको

१५ ज्येष्ठ / अर्थ र व्यापार- अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को लागी सवा १६ खर्ब रुपैयाँको बजेट ल्याउने भएका छन ्। आज ४ बजे सार्वजनिक हुने बजेट अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइसकेकी छन् । आजै दिउँसो ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि राष्ट्रपतिले लालमोहर लगाएकी हुन् । 

गत आर्थिक वर्षको भन्दा यसपालीको बजेट डेढ खर्ब रुपैयाँले बढी हुने छ । सरकारले यसपाली कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधारका साथै खोपको व्यवस्था गर्न ठूलो बजेट छुट्याउँदैछ । केही विकास कार्यक्रमहरु स्थगन गरिएर त्यो बजेट यतातिर लगाउन लागेको हो । यसबाहेक सरकारले ३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याउँदैछ । निरन्तर चलिरहेको परियोजनाहरुले पनि बजेट पाउँदैछन् । त्यही कारण यसपाली सरकारको बजेट बढेर सवा १६ खर्ब रुपैयाँ पुगेको अर्थका अधिकारीहरुले बताएका छन ।

पोहोर सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपाली सरकारले बजेट ठूलो बनाएसँगै आन्तरिक र बाह्य ऋणका साथै राजश्वको लक्ष्य पनि फराकिलो राखेको छ ।

सरकारले यसपाली राजश्व २१ प्रतिशतले बढ्ने लक्ष्य राखेको छ । पोहोर ८ खर्ब ८९ अर्ब ९२ करोड रुपैयाँ राजस्व लक्ष्य राखेको थियो । वैदेशिक अनुदान ६० अर्ब ५२ करोड रुपैयाँ राखेको थियो । यसबाट अपुग हुने ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँमध्ये २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखेको थियो ।

यस वर्ष आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैया ँभन्दा बढि उठाइने छ भने वैदेशिक ऋण साढे ३ खर्ब उठाउने लक्ष्य छ । सरकारले अनुदान पनि केही बढी आशा गरेको छ । अर्थमन्त्रीका रूपमा पौडेलको यो दोस्रो बजेट हो । पाँच वर्षअघि उनले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएका थिए । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा यो बजेट ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।