logo

निर्माण सामाग्रीको चरम अभाव, ८ खर्बका ६ हजार बढी आयोजना प्रभावित 

    2184   पटक पढिएको


१७ मंसिर/अर्थ र व्यापार– सरकारले प्राकृतिक स्रोतको अवैध उत्खननमा रोक लगाउँदा ८ खर्ब बराबरका ६ हजारभन्दा बढी विकास निर्माणका आयोजनाहरु प्रभावित भएका छन् ।

गत महिना गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै मापदण्डविपरीत संचालित नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन, ओसारपसार तथा बिक्री वितरण बन्द गर्न निर्देशन दिएको थियो ।

कोभिड–१९ संक्रमण रोकथामका लागि गरिएको लकडाउन, निषेधाज्ञा हटेयता विकास निर्माणका गतिविधीहरु सुचारु हुन थालेका थिए । तर निर्माण सामाग्रीहरुको चरम अभावका कारण पुनः विकास निर्माणका आयोजनाहरु प्रभावित हुन थालेको हो ।

सरकारले प्राकृतिक स्रोतको अवैध उत्खननमा रोक लगाएसंगै केही व्यवसायीको मिलेमत्तोमा निर्माण सामाग्रीहरुको मुल्य अधिक बढाएको छ । जसले गर्दा ठेकेदार कम्पनीहरुले महंगिएको निर्माण सामाग्री खरिद गर्नुभन्दा काम नै रोक्न थालेपछि आयोजना प्रभावित भएको हो । 

निर्माण व्यवसायीहरूले निर्माणाधीन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भएर काम गर्नै नसक्ने अवस्था आएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामाग्रीहरुको चरम अभावका कारण ८ खर्बका करिब ६ हजार आयोजनामा असर परेको बताए । 

सिंहले नियमन गर्ने काम सरकारले गर्नुपर्छ तर यसरी चरम अभाव नै हुने अवस्था आउन नदिनु पनि सरकारको जिम्मेवारी भएको बताए । 

निर्माण व्यवसायीहरुका अनुसार क्रसर उद्योगहरुले अहिले अभावको कारण देखाएर १ हजार पर्ने निर्माण सामाग्रीलाई २ हजारसम्म मूल्य लिने गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बूढाले मापदण्ड नपुगेका र अनुमति नै नलिइ चलेका क्रसर र खान रोक्न लगाइएको बताए । नयाँ क्रसिङ गर्न नदिए पनि भएको मौज्दात बिक्री र ओसारपसार गर्न भने कुनै रोक नलगाएको स्पष्ट पारे । 

नदी र खानीजन्य पदार्थ उत्खनन र बिक्री वितरण व्यवस्थापनका लागि सबै जिल्ला प्रशासनले अध्ययन अनुगमन गरिरहेको गृह मन्त्रालयले जनाएको छ । अध्ययनपछि मापदण्ड पुगेकाहरु खुलाउदै जाने मन्त्रालयको योजना छ । 

निर्माण सामाग्रीको अभाव तथा कालोबजारी हुन थालेपछि सडक, पुल, हाइड्रोपावर, सुरुङमार्ग, विमानस्थल लगायत सबैजसो आयोजनाहरु प्रभावित भएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।