logo

निर्माण सामाग्रीको चरम अभाव, ८ खर्बका ६ हजार बढी आयोजना प्रभावित 

    1457   पटक पढिएको


१७ मंसिर/अर्थ र व्यापार– सरकारले प्राकृतिक स्रोतको अवैध उत्खननमा रोक लगाउँदा ८ खर्ब बराबरका ६ हजारभन्दा बढी विकास निर्माणका आयोजनाहरु प्रभावित भएका छन् ।

गत महिना गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै मापदण्डविपरीत संचालित नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन, ओसारपसार तथा बिक्री वितरण बन्द गर्न निर्देशन दिएको थियो ।

कोभिड–१९ संक्रमण रोकथामका लागि गरिएको लकडाउन, निषेधाज्ञा हटेयता विकास निर्माणका गतिविधीहरु सुचारु हुन थालेका थिए । तर निर्माण सामाग्रीहरुको चरम अभावका कारण पुनः विकास निर्माणका आयोजनाहरु प्रभावित हुन थालेको हो ।

सरकारले प्राकृतिक स्रोतको अवैध उत्खननमा रोक लगाएसंगै केही व्यवसायीको मिलेमत्तोमा निर्माण सामाग्रीहरुको मुल्य अधिक बढाएको छ । जसले गर्दा ठेकेदार कम्पनीहरुले महंगिएको निर्माण सामाग्री खरिद गर्नुभन्दा काम नै रोक्न थालेपछि आयोजना प्रभावित भएको हो । 

निर्माण व्यवसायीहरूले निर्माणाधीन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भएर काम गर्नै नसक्ने अवस्था आएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामाग्रीहरुको चरम अभावका कारण ८ खर्बका करिब ६ हजार आयोजनामा असर परेको बताए । 

सिंहले नियमन गर्ने काम सरकारले गर्नुपर्छ तर यसरी चरम अभाव नै हुने अवस्था आउन नदिनु पनि सरकारको जिम्मेवारी भएको बताए । 

निर्माण व्यवसायीहरुका अनुसार क्रसर उद्योगहरुले अहिले अभावको कारण देखाएर १ हजार पर्ने निर्माण सामाग्रीलाई २ हजारसम्म मूल्य लिने गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बूढाले मापदण्ड नपुगेका र अनुमति नै नलिइ चलेका क्रसर र खान रोक्न लगाइएको बताए । नयाँ क्रसिङ गर्न नदिए पनि भएको मौज्दात बिक्री र ओसारपसार गर्न भने कुनै रोक नलगाएको स्पष्ट पारे । 

नदी र खानीजन्य पदार्थ उत्खनन र बिक्री वितरण व्यवस्थापनका लागि सबै जिल्ला प्रशासनले अध्ययन अनुगमन गरिरहेको गृह मन्त्रालयले जनाएको छ । अध्ययनपछि मापदण्ड पुगेकाहरु खुलाउदै जाने मन्त्रालयको योजना छ । 

निर्माण सामाग्रीको अभाव तथा कालोबजारी हुन थालेपछि सडक, पुल, हाइड्रोपावर, सुरुङमार्ग, विमानस्थल लगायत सबैजसो आयोजनाहरु प्रभावित भएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।