logo

उपत्यका विकास प्राधिकरण र सरकारबीच बाहिरी चक्रपथ निर्माणका बिषयमा मतभेद 

    2188   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार - उपत्यका विकास प्राधिकरण र सरकारबीच बाहिरी चक्रपथ निर्माणका क्रममा ढिलाईको बिषयमा मतभेद सुरुभएको छ । सरकारले बाहिरी चक्रपथ निर्माण कार्य एकैपटक सक्ने भनेको छ भने प्राधिकरणले भने खण्ड–खण्ड गरी निर्माण गर्ने योजना बनाएको छ । बजेट पनि कम छ ,त्यसैले जति बजेट छ सोहि अनुसार पूर्ण काम गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले यस आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माणको लागि ८ करोड रकम छुटाएको छ । बजेट अनुसार अघि बढ्ने चाहेको प्राधिकरणले पहिलो खण्डमा बजेटले जति सकिन्छ त्यति सम्म मात्र कालोपत्रे सडक नै निर्माण गर्ने योजना रहेको छ । जसले गर्दा दोहोर्याएर काम गर्नु पर्ने अवस्था सिर्जना हुदैन ।

प्राधिकरणले सुरुमा चोभार देखि सतुगल सम्मको ६.२ किलोमिटर सडक पूर्ण रुपमा निर्माण गर्ने र अनि त्यसमा देखापर्ने आर्थिक तथा प्राविधिक लगायत सम्पूर्ण विषयमा जानकारी हुने प्राधिकरणको भनाई छ । पहिलो चरण निर्माण गर्दा मुआब्जा कति लाग्छ, निर्माण लागत तथा अन्य खर्च र मानवीय स्रोत साधन कति लाग्छ भन्ने विषयमा जानकारी हुने हुदाँ ,आयोजनाको निर्माण सम्पन्न कसरी गर्न सकिन्छ भन्ने खाका तयार गर्न सकिने प्राधिकरणको भनाई छ । तर सरकार भने बाहिरी चक्रपथ खण्ड– खण्ड रुपमा योजना सक्ने पक्षमा नहुदाँ समस्या देखापरेको छ ।

यस्तै प्राधिकरणले रेखाकंन अर्थात् ट्रयाक मात्र खोल्दा बजेट मात्र सकिने जनाएको छ । सरकारले बाहिरी चक्रपथ निर्माण एकैपटक सक्नु भन्ने निर्देशन दिने तर बजेट पनि नदिदाँ प्राधिकरण समस्यामा परेको छ । हाल प्राधिकरणसँग बाहिरी चक्रपथ निर्माणको लागि छुटाईएको ८ करोड रकमले चोभारदेखि संतुगलसम्म ट्रयाक खोली सडकको पर्खाल लगाउन सकिन्छ । कुल लम्बाई ७१.९३ कि.मि.हुने यस चक्रपथ सहरी विकास मन्त्रालयले निर्माण गर्ने भनिएपनि काम सुरु हुन सकेको छैन । चक्रपथ निर्माणको प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटर रहेको छ ।

प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनि रहेका छन् । चक्रपथको कुल लम्बाई मध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० कि.मि. र भक्तपुरमा २१.०५ कि.मि. हुनेछ । चक्रपथ आयोजना जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको हो । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा अपाङमैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।