logo

अर्थ र व्यापार साप्ताहिकको छैठौं वार्षिकोत्सव सम्पन्न

सञ्चारमैत्री वातावरण बनाउने सञ्चारमन्त्री बस्नेतको उद्घोष 

    1710   पटक पढिएको

२० साउन/अर्थ र व्यापार- प्वाईन्ट मिडिया प्रा.लि.द्वारा प्रकाशित अर्च र व्यापार साप्ताहिकको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आँफु सञ्चारमैत्री वातावरण निर्माणमा लाग्ने बताए । अर्थ र व्यापार साप्ताहिकको छैठौँ बार्षिकोत्सवका अवसरमा आयोजित “आर्थिक सम्वृद्धिमा संघीयताको भुमिका र संघियतामा पर्यटकीय गन्तव्य विकासको सम्भावना” विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले सञ्चारको विकास भए मात्र मुलुकको विकास हुने भन्दै सञ्चारको विकास आफ्नो प्रमुख प्राथमिकता भएको बताए । 


“सञ्चार क्षेत्रमा लागेका मानिसहरुको भविश्य अन्योलमा छ,यो क्षेत्रलाई मैले राम्रोसँग बुझेको छु”–मन्त्री बस्नेतले भन्ने । उहाँले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आफुलाई मौखिक र लिखित सुझाव दिन सञ्चारकर्मीसँग आग्रह समेत गरे । मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचन सँगै मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको भन्दै तीन तहको निर्वाचन गरेर मुलुक लाई आर्थिक विकासको बाटोमा लैजाने यो सरकारको प्रमुख लक्ष्य रहेको बताए । .

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य प्रदिप न्यौपानेले पत्रकारिताको माध्यम बाट अर्थ र व्यापार साप्ताहिकले पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा अझ शशक्त भएर अगाडि बढ्न शुभकामना दिए । . 

नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडाले पूर्वाधार विकास विना मुलुकको सम्वृद्धि सम्भव नभएकोले सिंगो राज्यको ध्यान पूर्णरुपमा पूर्वाधार निर्माणमा हुनुपर्ने वताए । कार्यक्रममा पर्यटन व्यवसायि महासंघका अध्यक्ष ज्योति अधिकारीले पूर्वाधार विकास भए मात्र देशको विकास हुने भन्दै पूर्वाधार निर्माणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । मुलुक निर्माणका लागि सञ्चारकर्मी गम्भीर हुनुपर्ने र गलत प्रवृत्तिको दवावमा पर्न नहुने वताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलियाले संघियताको विकास सँगै पर्यटनको विकास गर्न सके देश विकासको बाटोमा अगाडि बढ्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अत्याधिक सम्भावना भएको क्षेत्र पर्यटनलाई मुलुकले प्राथमिकता दिनुपर्ने बताए । . 

अर्थ र व्यापार साप्ताहिकका प्रवन्ध निर्देशक तथा सम्पादक नविन काफ्लेले सात वर्ष अगाडी अर्थ र व्यापार पाक्षिकका रुपमा स्थापना भई प्रविधिमा आएको परिवर्तनसँगै अर्थ र व्यापार डटकम अनलाईन समेत सञ्चालन गरेको र अव नेपालहरु छरिएसम्म विश्वभर अर्थ र व्यापारलाई फैलाउने वताए ।

कार्यक्रममा अर्थ र व्यापार अवार्ड–२०७४ डिस्कभरी रोयल स्पोर्ट एल एल सी युएईका सञ्चालक ओम प्रसाद उप्रेती लाई प्रदान गरियो । अर्थ र व्यापार अवार्ड हरेक वर्ष एक जना व्यवसायि लाई प्रदान गरिने जनाईएको छ । त्यसैगरी पन्ध्र हजार राशी सहितको अर्थ र व्यापार पत्रकारिता पुरस्कार गोखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदीलाई प्रदान गरियो ।

कार्यक्रममा टानका अध्यक्ष चन्द्र प्रसाद रिजाल, नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल,नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मरत्न शाक्य,नाट्टाका महासचिव भिमप्रसाद पन्त, टानका पूर्व कोषाध्यक्ष अञ्जन थापा(कुमार), टानका कोषाध्यक्ष लिलावल्दव दाहाल, वरिष्ठ पर्यटन व्यवसायि गणेश सिंखडा,मिस टुरिजम –२०१६ ओरुषा थापा लगायत व्यवसायिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।