logo

मिस टुरिजम–२०१७ को उपाधी आरतीलाई

    2994   पटक पढिएको

२५ कात्र्तिक / अर्थ र व्यापार- मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन । शुक्रवार भएको फाईनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोध्नुभएको अवको दश वर्ष पछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतले मिस टुरिजम–२०१७ को उपाधी जितेकी हुन ।

थापाले मिस पब्लिक च्वाईसको उपाधि पनि पाईन । थापालाई मिस टुरिजम–२०१६ ओरुसा थापाले ताज लगाईदिईन भने नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा,अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा र प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नगद पचास हजार सहितका पुरस्कार हस्तान्तरण गरे ।

त्यसैगरी मिस पर्सनालिटी र मिस स्माईल सहित मिस टुरिजम फस्ट रनर अपको उपाधी काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन । त्यस्तै मिस फिगर र मिस फोटोजेनिक सहित सेकेण्ड रनर अपरको उपाधी एन्जि लामाले जितिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः नगद तीस र बिस हजार प्राप्त गरे । त्यस्तै मिस वाक पल्लवी सुवाल,मिस डिसिप्लिन रोमा खड्का,मिस ईन्टेलिजेन्ट सुजाता लामा,मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन ।

कार्यक्रममा बोल्दै मिस टुरिजम–२०१७ को आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गरिएको वताए । फाईनलमा निर्णायकको भुमिकामा नाट्टाका अध्यक्ष मधुसुदन आचार्य,भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा,टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी,टानका पूर्व महासचिव सागर पाण्डे,नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडा,पूर्व मिस नेपाल सुगरिका के.सि,नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र पर्यटनविद् लेखनाथ भण्डारी रहेका थिए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।