logo

अपि पावरद्वारा ४० मेगावाटको माथिल्लो चमेलिया पावर निर्माण गरिने

    983   पटक पढिएको

९ फागुन /अर्थ र व्यापार - अपि पावरले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया पावर निर्माण गर्ने भएको छ । चमेलिया नदीमा पहिचान भएको आयोजना अपि पावरको सहायक कम्पनी अपि चमेलिया पावर कम्पनीले निर्माण गर्ने भएको हो ।

उक्त आयोजना निमार्ण कार्य अगाडि बढाउन आगामी साताभित्र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९पिपिए० हुने कम्पनीले जनाएको छ । कम्पनीले प्राधिकरणसँग प्रसारण सम्झौता गरिसकेको छ भने आयोजनाको उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिएको छ ।
विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलियाभन्दा १५ किलोमिटर माथि यो आयोजनाको सिभिल संरचना निर्माण हुनेछ । अपि पावरले सम्पन्न गरेको ८ मेगावाको माथिल्लो नौगाड आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि सबै निर्माण उपकरण तथा कर्मचारी चमेलियामा परिचालन गरिने कम्पनीको भनाई छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपुँजी गरी ६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाबाट २०७९ फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।