logo

अजोड इन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न

सर्वसाधारणको तर्फबाट पौडेल र सुवेदी सञ्चालकमा निर्वाचित

    1433   पटक पढिएको

७ बैशाख / अर्थ र व्यापार- अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभाले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । त्यस्तै सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभामा महिला सहित सञ्चालक समितिको संख्या ७ जना रहने विशेष प्रस्ताव पेश गरिएको थियो । आजदेखि कम्पनीको सञ्चालक समिति पुर्ण भएको कम्पनीले जनाएको छ ।

अजोडले गत वर्षको असारमा प्राथमिक शेयर निष्काशन गरेको थियो । पछिल्लो समय नयाँ अनुमति पाएका कम्पनी मध्ये अजोडले पहिलो पटक प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले एक अर्ब भन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष आजाद श्रेष्ठले वताए ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना फाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा ८८ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

कम्पनीले फागुन मसान्तसम्म प्राधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीको टेक्निकल रिजर्भ थोरै भएकाले चाहे जति पैसा लगानी गर्न नपाएको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।