९ आषाढ / अर्थ र व्यापार- नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आईपीओ निष्काशन पछि अजोडको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।
अजोड इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलले रहेका छन् । गत पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो बार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
तपाईको प्रतिक्रिया