१४ आषाढ/अर्थ र व्यापार– नेपाल वायु सेवा निगमले पहिलो वाइड बडी ए ३३०–२०० विमान अन्नपूर्ण आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि विमान काठमाडौं आइपुगेको हो ।
पहिलोपटक वाइडबडी जहाज किन्न निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
जहाजमा २ सय ७४ सीट छन्। जसमा १८ सीट स्रांग्रिला क्लास(विजनेश) र २ सय ५६ सीट साधारण क्लासका छन्।
आउँदो अगष्टको १ तारिखमा निगमले काठमाडौंबाट दोहाको उडान गरेर व्यावसायिक उडान सुरु गर्ने निगमले जनाएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको उडान अनुमति दिएपछि व्यवसायिक उडान पहिलो चरणमा कतारको दोहा र दुबईमा उडान गर्ने निगमले जनाएकोे छ । जहाज नेपाल ल्याउनु अघि फ्रान्समै अन्तिम परीक्षण उडान गरिएको थियो ।
निगमले आज ल्याएको जस्तै एअरबस ए ३३०–२०० सिरिजको अर्को जहाज डेढ महिनाभित्र आइपुग्ने दावी गरेको छ । नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्ने निगमले जनाएको छ ।
तपाईको प्रतिक्रिया