५ फागुन /अर्थ र व्यापार - कृषि विकास बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा एक प्रतिशत घटाएको छ । साथै बैंकले निक्षेपको ब्याज समेत बढाएको छ ।बैंकले फागुन एक गतेदेखि नै लागू हुनेगरी साविक कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको हो ।
त्यसै गरी निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको बैंकले जनाएको छ । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी ब्याजदर परिमार्जन गरिएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया