२४ जेठ / अर्थ र व्यापार - भूकम्प र नाकाबन्दीको कारण लामो समय घाटामा रहेपछि ज्ञनेपाल आयल निगम फेरि नाफामा फर्किएको छ । निगमले झण्डै डेढ वर्षपछि ग्यासमा नाफा कमाउन सुरु गरेको हो ।
निगमले लामो समयदेखि ग्यासमा घाटा बेहोरिरहेको थियो । अन्य पेट्रोलियम प्रोडक्टबाट हुने नाफाको मद्धतमा यसको पूर्ति गरिरहेको निगमले जुन महिनाबाट भने सबै प्रोडक्टमा नाफा कमाउन सुरु गरेको छ ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर झण्डै ४० रुपैयाँ नाफा भएको हो । योसँगै निगमले मासिक आफ्नो नाफा २५ करोड र्पुयाएको छ । अहिले निगमलाई कुनै पनि पेट्रोलियम पदार्थमा घाटा छैन ।ज्ञ
निगमलाई पेट्रोलमा मात्रै प्रतिलिटर ५ रुपैयाँभन्दा धेरै नाफा छ । अहिले डिजेलमा पनि निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा छ । यसैगरी अन्तरितर्फको हवाई इन्धनमा निगमले प्रतिलिटर ११ रुपैयाँ नाफा कमाउँछ भने अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनमा १८ रुपैयाँ नाफा भइरहेको छ । मट्टितेलमा मात्रै निगमलाई लिटरमै १८ रुपैयाँ नाफा छ ।
तपाईको प्रतिक्रिया