logo

नाट्टाको अध्यक्षमा अच्युत गुरागाईं विजयी

    1166   पटक पढिएको

४ माघ / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) शुक्रवार भएको निर्वाचनवाट अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाट्टाको नेतृत्वको लागि शुक्रबार भएको मतदानमा आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र मिहीका शाह धाख्वालाई पराजित गर्दै गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा कुल ४ सय ५ मत खसेकोमा अध्यक्षमा विजयी गुरागाईंले १५० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पन्तले १२६ र धाख्वाले १०९ मत प्राप्त गरे । 

त्यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा पन्त समुहका विनय बस्नेत, उपाध्यक्षमा धाख्वा समुहका रमेश थापा, महासचिवमा पन्त समुहका सुुुुुधिर कुमार उपाध्याय, सचिवमा पन्त समुहका जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा गुरागाईं समुहका कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पन्त समुहकी युविका भण्डारी निर्वाचित भए ।

त्यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।