logo

एकसाथ ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्दै सरकार, दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य

    2034   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार– सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यकासाथ अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार संयुक्त रूपमा ३९६ स्थानीय तहमा १५ शैय्यासम्मको अस्पतालको एकसाथ शिलान्यास गर्ने तयारी गरेको जनाएको छ ।

यसका साथै सरकारले सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउने उल्लेख गरिए अनुसार सरकारले अस्पतालको निर्माण प्रक्रिया अगाडी बढाएको हो।

हालै अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि शिलान्यास गर्न लागिएको हो । बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रूपमा जानेछ ।

सबै अस्पताल भवन दुई वर्षभित्र निर्माण सकेर त्यहाँ स्वास्थ्य उपचारका सेवा सुचारू गर्ने गरी तयारी गरिएको हो। यि अस्पतालहरुमा १० देखि ३० जनासम्म चिकित्सक रहने बताईएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन वहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भइसकेको जानकारी दिए ।

अर्थले मन्त्रालयले यसअघिनै स्थानीय तहमा अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।