logo

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

    1353   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार- आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

विगत दुई दशकदेखि पर्यटन व्यवसायमा सक्रिय थापा हिमालयन वण्डर्स एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक हुन । होटल व्यवसायमा समेत संलग्न थापाले यसअगाडी पर्यटक सेवा संघको कार्यसमिति सदस्य र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को महासचिव पदमा रहेर समेत कार्य गरिसकेका छन । थापाले सञ्चालन गरेको कम्पनी हिमालयन वण्डर्स एडभेन्चर प्रा.लि.पछिल्लो दशक नेपालको पर्यटन क्षेत्रकै सफल कम्पनीका रुपमा परिचित छ ।

द्धितीय उपाध्यक्ष पदका उम्मेदवार थापा पछिल्ला वर्षहरुमा पदयात्रा व्यवसायीहरुको छाता संस्था टानको नेतृत्व लिन भईरहेका राजनीतिक गतिविधि प्रति चिन्तित छन । टानलाई राजनीतिवाट मुक्त राखेर विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउनु पर्ने र पदयात्रा व्यवसाय र व्यवसायीको हक, हित र व्यवसायको सुधारका लागी अगाडी बढाउनुपर्ने वताउँछन ।

आफ्नो समुह निर्वाचित भएमा पदयात्रा पर्यटन क्षेत्रका समस्याहरु समाधानका लागी पहल गर्ने, टिम्सलाई व्यवहारिक र सहि ढंगले कार्यान्वयनमा ल्याउने, कर र भ्याटका सम्बन्धमा देखापरेका समस्याहरु समाधानका लागी सक्रिय पूर्वक पहल गर्ने थापाले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।