logo

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

    1227   पटक पढिएको


१९ असार/अर्थ र व्यापार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।
आयोगले संशोधन गरेको अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई सरकारले स्वीकृत गरेसंगै संकेत नम्बरको व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारले स्वीकृत गरेको संशोधन राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।
संशोधित नियमावली अनुसार आयोगमा प्राप्त हुन आएका उजुरी निवेदन गोश्वारा दर्ता किताबमा दर्ता गर्नु पर्नेछ । तर, आफ्नो नाम, ठेगाना सहितको विवरण गोप्य राख्ने गरी कसैले उजुरी दिएमा उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम र ठेगाना सहितको विवरणको सट्टा आयोगले तोकिदिए वमोजिमको सङ्केत राखी त्यस्तो उजुरी दर्ता गर्नु पर्नेछ ।
यसैगरी, संशोधित नियमावली अनुसार भ्रष्टाचार गरेर सम्पत्ति शुद्धिकरण गरेको विवरण सहितको उजुरी आएमा आयोगले आवश्यक कारबाही गर्नुपर्छ । यसले सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको काम कारबाहीलाई सहकार्य गर्ने व्यवस्था समेत संशोधित नियमावलीले गरेको छ ।
सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरी आयोगमा आएको खण्डमा आयोगले भ्रष्टाचारको र विभागले सम्पत्ति शुद्धिकरण विषयलाइ आवश्यक अनुसान्धान तथा कारबाही गर्नेछन ।
यसैगरी, भ्रष्टाचार गरेर सम्पत्ति सुद्धिकरण गरेको विषयमा आयोगले विशेष अनुसन्धान विधिहरुको समेत प्रयोग गर्न सक्ने व्यवस्था नियमावलीमा छ । यस्तो अनुसन्धानमा अनुसन्धान अधिकृतले आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १९ बमोजिम विशेष अनुसन्धान विधि अवलम्वन गर्न सक्छ ।
सो दफा अनुसार अनुसन्धान अधिकृतले नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी परिचालन, गुप्त अनुसन्धान कारवाही, टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने, थप प्रमाण तथा सूचना हासिल गर्ने उद्देश्यले तत्काल पक्राउ नगर्ने र कम्प्यूटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच राखी अनुसन्धान गर्न सक्छ ।

आयोगले अनुसन्धान अधिकृतको प्रतिवेदनको पूर्णता परिक्षणका लागि समिति गठन गर्न सक्ने व्यवस्था छ । सो समिति गठन भएकोमा आयोगमा प्रतिवेदन पेश हुनु अघि सो समितिमा अनुसन्धान अधिकृतबाट पेश भएको प्रतिवेदन उपर आवश्यक परीक्षण हुनेछ ।
परीक्षण गरी आयोगमा पेश गरिने विस्तृत अनुसन्धान प्रतिवेदनमा कानून बमोजिम आरोपपत्रमा खुलाउनु पर्ने कुराहरुका अतिरिक्त मुद्दा नचल्ने राय भएकोमा सोको आधार र कारण समेत दिनुपर्ने व्यवस्था नियमावलीमा थप गरिएको छ ।
यसकासाथै मुद्दा चल्ने अवस्था भएको तर केही व्यक्ति उपर स्पष्ट नाम थर वतन खुल्न नसकेको कारण विपक्षी बनाउन नसकिने भए सोको विवरण पनि प्रतिवेदनमा उल्लेख गर्नु पर्ने भएको छ ।
संशोधित नियमावली अनुसार समिति वा कार्य टोली मात्र नभई सुराकी परिचालन गरी कसुरको सूचना प्राप्त गर्न र विशेष अनुसन्धानका लागि अनुसन्धान अधिकृतलाई सहयोग पुरÞ्याउन आयोगले छुट्टै इकाई गठन गर्न सक्ने व्यवस्था समेत थप गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।