logo

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

    1558   पटक पढिएको


१९ असार/अर्थ र व्यापार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।
आयोगले संशोधन गरेको अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई सरकारले स्वीकृत गरेसंगै संकेत नम्बरको व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारले स्वीकृत गरेको संशोधन राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।
संशोधित नियमावली अनुसार आयोगमा प्राप्त हुन आएका उजुरी निवेदन गोश्वारा दर्ता किताबमा दर्ता गर्नु पर्नेछ । तर, आफ्नो नाम, ठेगाना सहितको विवरण गोप्य राख्ने गरी कसैले उजुरी दिएमा उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम र ठेगाना सहितको विवरणको सट्टा आयोगले तोकिदिए वमोजिमको सङ्केत राखी त्यस्तो उजुरी दर्ता गर्नु पर्नेछ ।
यसैगरी, संशोधित नियमावली अनुसार भ्रष्टाचार गरेर सम्पत्ति शुद्धिकरण गरेको विवरण सहितको उजुरी आएमा आयोगले आवश्यक कारबाही गर्नुपर्छ । यसले सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको काम कारबाहीलाई सहकार्य गर्ने व्यवस्था समेत संशोधित नियमावलीले गरेको छ ।
सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरी आयोगमा आएको खण्डमा आयोगले भ्रष्टाचारको र विभागले सम्पत्ति शुद्धिकरण विषयलाइ आवश्यक अनुसान्धान तथा कारबाही गर्नेछन ।
यसैगरी, भ्रष्टाचार गरेर सम्पत्ति सुद्धिकरण गरेको विषयमा आयोगले विशेष अनुसन्धान विधिहरुको समेत प्रयोग गर्न सक्ने व्यवस्था नियमावलीमा छ । यस्तो अनुसन्धानमा अनुसन्धान अधिकृतले आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १९ बमोजिम विशेष अनुसन्धान विधि अवलम्वन गर्न सक्छ ।
सो दफा अनुसार अनुसन्धान अधिकृतले नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी परिचालन, गुप्त अनुसन्धान कारवाही, टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने, थप प्रमाण तथा सूचना हासिल गर्ने उद्देश्यले तत्काल पक्राउ नगर्ने र कम्प्यूटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच राखी अनुसन्धान गर्न सक्छ ।

आयोगले अनुसन्धान अधिकृतको प्रतिवेदनको पूर्णता परिक्षणका लागि समिति गठन गर्न सक्ने व्यवस्था छ । सो समिति गठन भएकोमा आयोगमा प्रतिवेदन पेश हुनु अघि सो समितिमा अनुसन्धान अधिकृतबाट पेश भएको प्रतिवेदन उपर आवश्यक परीक्षण हुनेछ ।
परीक्षण गरी आयोगमा पेश गरिने विस्तृत अनुसन्धान प्रतिवेदनमा कानून बमोजिम आरोपपत्रमा खुलाउनु पर्ने कुराहरुका अतिरिक्त मुद्दा नचल्ने राय भएकोमा सोको आधार र कारण समेत दिनुपर्ने व्यवस्था नियमावलीमा थप गरिएको छ ।
यसकासाथै मुद्दा चल्ने अवस्था भएको तर केही व्यक्ति उपर स्पष्ट नाम थर वतन खुल्न नसकेको कारण विपक्षी बनाउन नसकिने भए सोको विवरण पनि प्रतिवेदनमा उल्लेख गर्नु पर्ने भएको छ ।
संशोधित नियमावली अनुसार समिति वा कार्य टोली मात्र नभई सुराकी परिचालन गरी कसुरको सूचना प्राप्त गर्न र विशेष अनुसन्धानका लागि अनुसन्धान अधिकृतलाई सहयोग पुरÞ्याउन आयोगले छुट्टै इकाई गठन गर्न सक्ने व्यवस्था समेत थप गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।