logo

समृद्धि बहस मेगा टक शो आयोजना हुने

    1712   पटक पढिएको

९ असार / अर्थ र व्यापार- प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल गराउने उद्देश्यले मेगा टक शो आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रवन्ध निर्देशक नविन काफ्लेले वताए ।

मेगा टक शो मा विभिन्न चारवटा सेसनमा विषय विज्ञ, सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यवसायी र व्यवसायीक संस्थाका नेतृत्वकर्ताहरुले आ–आफ्ना धारणा राख्ने काफ्लेले वताए । ‘बजारमा देखिएको सुस्त आर्थिक गतिविधीलाई बढावा दिन, निजी क्षेत्रको मनोवल उकास्न तथा दीर्घकालिन रुपमा आवश्यक पर्ने नीतिगत सुधारका निम्ति यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ’ प्रवन्ध निर्देशक काफ्लेले भने ।

त्यसैगरी, नेपालको अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरु तथा समृद्धिका आधार क्षेत्रहरुको प्रवर्धन र ति क्षेत्रमा देखा परेका विविध समस्याहरुको समाधानका लागि प्रेरित गर्दै नयाँ–नयाँ सम्भावनाहरुको खोजी गर्न यो कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए । त्यसका साथै कतिपय क्षेत्रमा भएका सकारात्मक र उदाहरणीय कार्यहरुलाई समेत यस कार्यक्रमले प्रोत्साहन गर्ने अपेक्षा रहेको उनले वताए ।

प्वाईन्ट मिडियाले अर्थ र व्यापार साप्ताहिक, अर्थ व्यापार डटकम अनलाइन तथा समृद्धि बहस टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यस कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, विभिन्न दलका नेताहरु तथा सांसदहरु, उच्चपदस्थ सरकारी कर्मचारीहरु, निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वहरु, व्यवसायीक प्रतिष्ठानका प्रमुखहरु, बैंक वित्तिय संस्था तथा विमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु, व्यवसायीहरु तथा संचारकर्मीहरुको सहभागिता रहने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।