logo

कानुनी लडाइँपछि चौधरी ग्रुपले पायो हिरोको आधिकारीक बिक्रेता

    965   पटक पढिएको

 

९ माघ/अर्थ र व्यापार – एकवर्षको कानुनी लडाइँपछि हिरो मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेताको काम ज्योति समुहबाट चौधरी समुहले पाएको छ ।
हिरो मोटरसाइकल र स्कुटरको निर्माता भारतीय कम्पनीले हिरो मोटोकर्पले नेपालको चौधरी ग्रुप अन्तर्गतको सीजी मोटोकर्पलाई आफ्नो आधिकारिक डिष्ट्रिब्युटर्स नियुक्त गरिएको बताएको सिजी मोटोकर्पले जनाएको छ ।
भारतीय कम्पनीले गरेको यो निणर्यसँगै अब ज्योति समूहको ३५ वर्षे सम्बन्ध तोडिएको छ । भारतीय दुईपांग्रे सवारी साधन उत्पादक कम्पनी हिरो मोटोकर्पले हिरोको आधिकारिक बिक्रेतामा नेपालको सीजी मोटर्सलाई छनोट गरिएको जानकारीपत्र पठाएपछि यो ब्राण्ड नेपालका लागि हिरोको आधिकारिक बिक्रेता चौधरी समूहले लिएको हो।
सीजी मोटर्सले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरु हिरोको नयाँ आधिकारिक बिक्रेता भएको घोषणा गरेको छ । यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता रूप ज्योतिको कम्पनी एनजीएम थियो । हिरो मोटोकर्पले एनजीएमसँग आधिकारिक बिक्रेता नवीकरण गर्न नमानेपछि दुई संस्था बीचको ४० वर्षे व्यवसायिक मित्रता कानुनी लडाइमा गएको थियो।
यसमा हिरो मोटोकर्पले पाटन उच्च अदालतले मुद्दा जितेको थियो। यसअघि हिरो मोटोकर्पले नेपालका लागि आफ्नो नयाँ बिक्रेता परिवर्तन गर्न खोजेपछि यहाँका विभिन्न समूहले हत्याउन चासो देखाएका थिए । त्यसमध्ये चौधरी समुह नै बलियो भएको थियो ।
सीजी मोटर्स र हिरोमोटोकर्पबीचको सम्झौतामा नेपालमै एसेम्बल गर्ने उल्लेख गरिएको दुई पक्षद्धारा सोमबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । अब हरित एसेम्बलिङ प्लान्टबाट नेपालमै हिरो ब्राण्डका मोटरसाइकल उत्पादन गर्ने योजना रहेको सो विज्ञव्तिमा उल्लेख छ।
वार्षिक ७५ हजार युनिट उत्पादन क्षमताको प्लान्ट नवलपुरमा स्थापना गरिने घोषणा यो कम्पनीले गरेको छ । मार्च २०२४ देखि नै उत्पादन सुरू हुने भनिएको छ ।
हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सन्जय भानले चौधरी समूहसँगको साझेदारीबाट उत्साहित भएको बताएका छन्। नेपालको व्यावसायिक क्षेत्रमा धेरै अनुभव भएको चौधरी समूहसँगको साझेदारी आफ्नालागि फलदायी हुने उनले बताएका छन ।
यसैगरी, सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताका रूपमा विश्वव्यापी मान्यता प्राप्त हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा खुसी लागेको बताएका छन्।
‘यो साझेदारीले हिरो मोटोकर्पका प्रख्यात उत्पादन र सेवाहरूको लाभ उठाउँदै अटोमोटिभ बजारमा सीजी मोटर्सको महत्वाकांक्षी पुनः प्रवेशलाई उजागर गरेको छ । यो साझेदारीले देशमा हिरो ब्रान्डको उपस्थितिलाई उल्लेखनीय रूपमा सुदृढ र पुनः परिभाषित गर्नेछ भन्ने विश्वासमा हामी एक अत्याधुनिक एसेम्बली इकाईको स्थापनाको लागि तत्पर छौं,’ चौधरीले भनेका छन ।
चौधरी समूहले हिरो ब्राण्डको आधिकारिक विक्रेता पाएसँगै अब नेपाली बजारमा सो कम्पनीले विद्युतीय स्कुटर भिदा समेत छिट्टै सार्वजनिक गर्ने घोषणा गरेको छ। हिरोले नेपालमा सन २०१४ देखि प्रवेशगरि दुईपांग्रे सवारी साधनमा राम्रो बजार हिस्सा ओगट्दै आएको थियो । हिरोका सुपर स्प्लेण्डर र एक्स प्लस २०० मोटरसाइकल नेपालमा रुचाईएका प्रडक्ट हुन् । यसैगरी हिरोको स्कुटर पनि नेपाली बजारमा छन ।
हिरोको आधिकारिक बिक्रेताको उपलब्धि हासिल गरेपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भने, ‘विश्वव्यापी रुपमै स्थापित हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरकको मान्यता पाएको सुनाउँन पाउँदा हामी धेरै खुसी भएका छौं । यो सहकार्यले बजार विस्तार तथा हिरोका नयाँ उत्पादनहरुको प्रवद्र्धनमा ठूलो महत्व राख्नेछ ।’
‘हिरो मोटोकर्पको अटोमोबाइल बजारमा पुनः प्रवेश र हिरोसँगको सहकार्यले बजार हिस्सा बढाउने नै छ । हामीसँग स्थानीय बजारको राम्रो ज्ञान छ, हामी निकट भविष्यमै हिरोको एसेम्बल प्लान्ट पनि स्थापना गर्नेछौं । यो सहकार्यले हिरोको नेपाली बजारमा रहेको उपस्थितिलाई थप बजबुत बनाउनेछ ’उनले भने ।
हिरोले हाल नेपालमा सामान्य देखि उच्च डिजाईन र मुल्यका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध गराउँदै आएको छ । हिरोले एक्सप्लस २००, एक्सप्लस २०० टी, एक्सट्रिम १६० आर, एक्सट्रिम २००आर, सुपरस्प्लेण्डर, ग्ल्यामर लगायतका मोटरसाइकल बेचिरहेको छ । यसैगरी, डेस्टिनी १२५, मएस्ट्रो एड्ज र प्लेजर स्कुटर पनि बेचिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।