logo

एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले भने: पुँजी बजार र बीमा क्षेत्र सुधारका लागि गम्भीर गृहकार्य भएको छ

उपभोक्ता मूल्य वृद्धिदर नियन्त्रणमा सरकार सफल भएको दाबी

    841   पटक पढिएको


१० पुस/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजी बजार र बीमा क्षेत्र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताएका छन्। आफुले जिम्मेवारी सम्हालेको एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।

उनले आफुले कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा संबोधन गर्दै पुँजी बजार र बीमा क्षेत्र सुधारका लागि गम्भीर भएको बताए । ‘पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ। तर अपेक्षित सुधार नहुँदा हामी चिन्तित छौं । सुधारका लागि गम्भीर गृहकार्य गरिरहेका छौं’ दाहालले भने ।

उनले आफ्नो पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको बताउँदै त्यसलाई परिमार्जन गर्ने समेत बताए। प्रधानमन्त्री दाहालले बीमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, स्वास्थ्य बीमा बोर्डको क्षमता वृद्धि, बलियो अनुगमन तथा मूल्यांकन प्रणाली र सबैको उपचारका लागि अस्पताल लगायत संरचना सुधारमा तदारुकताका साथ लागिरहेको जानकारी दिए।

उनले बीमाको हालको रकमको दायरा बढाएर आधारभूतवाहेक संचालनमा रहेका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बीमामा आवद्ध गराउने समेत बताए ।
उनले आफनो एकवर्षे कार्यकालमा कयौं वर्षपछि चालु खाता बचतमा जानु सरकारको गन्न सकिने उपलब्धि भएको दावी गरे । उनले भुक्तानी सन्तुलन करिब १५० अर्बले सकारात्मक रहनु र विगत कयौं वर्षदेखि घाटामा रहेको चालु खाता समेत बचतमा रहनु सरकारको गन्न सकिने उपलब्धि भएको बताए ।

उनले उपभोक्ता मूल्य वृद्धिदर नियन्त्रणमा सरकार सफल भएको दाबी गरे । असोजसमम साढे ७ प्रतिशतले रहेको मुद्रास्फीति कात्तिकमा २ प्रतिशत विन्दुले कमी भई साढे ५ प्रतिशत भन्दा तल झरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । सोही तथ्यांकको आधारमा उनले उपभोक्ता मूल्य वृद्धिदर २.७ प्रतिशत विन्दुले कम भएको बताए । जसलाई उनले सकारको उल्लेख्य उपलब्धि भएको समेत बताए ।
‘मूल्य वृद्धि नियन्त्रणमा यो ठूलो उपलब्धि हो । अब, आम जनताले महसुस गर्नेगरी सरकारी नीति र प्रशासनिक सुधार प्राथमिकतामा छ,’ प्रधानमन्त्री दाहालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।