१४ मंसिर/अर्थ र व्यापार – आजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको छ। पछिल्लो समय नेपालमा बसेर काम गर्दा अनेक व्यावसायिक चुनौती बढेको भन्दै अन्तराृष्ट्रिय कम्पनी आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।
आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका हुन्। एनसेलबाट बाहिरिने घोषणासँगै अब यस कम्पनीको सेयर बिक्रीमा राख्ने समेत निर्णय भएको उनले प्रतिक्रिया दिएका छन्।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ । यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो ।
त्यसबेला आजियाटाले सेयर किनेको थियो । सेयर किनेको ७ बर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो । एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि आजियाटा नेपाल छोड्ने अवस्थामा पुगेको हो । यो निणर्यसँगै विदेशी लगानी नेपाल भित्राउने सरकारको लक्ष्यमा समेत गम्भिर धक्का लागेको छ ।
तपाईको प्रतिक्रिया