logo

सुनको भाउ बढेर प्रतितोला १ लाख १७ हजार पुग्यो

    710   पटक पढिएको


१२ कात्तिक/अर्थ र व्यापार – सुनको भाउ अकासियर शनिबार नयाँ रेकर्ड कायम गरेको छ । निरन्तर उकालो लागेको बहुमुल्य बस्तु छापावाल सुनको मूल्य शनिबार बढेर प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाली बजारमा शनिबार मात्र १ हजार रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शनिबार प्रतितोला छापावाल सुनको मुल्य १ लाख १७ हजारमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा र चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
दसैं बिदापछि शुक्रबार खुलेको बजार मुल्य अनुसार प्रतितोला छापावाल सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ रहेको थियो। शुक्रबारको तुलनामा शनिबार १ हजार रुपैयाँले भाउ बढेको महासंघले जनाएको छ । महासंघले जानकारी गराए अनुसार यसअघि असोज महिनाको सुरुवाती दिनमा भाउ बढेर १ लाख सातहजार रुपैयाँसम्म आइपुगेको सुन शनिबार अत्यधिक बढेर प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको हो।
हाल विश्वभर नै सुनको माग बढिरहँदा नेपाली बजारमा पनि सुनको भाउ अत्यधिक बढेर यस्तो नयाँ रेकर्ड कायम गरेको हो । विशेषगरि गरगहनामा प्रयोग गरिने पहेंलो बहुमल्य बस्तु सुनमा नेपाली उपभोक्ताले धेरै खर्च गर्दै आएका छन ।
आर्थिक मन्दिका कारण हाल लगानीको अन्य आधार कमजोर हुदैं जाँदा सुनमा लगानी सुरक्षित मानिदै आएको सुन कारोबारमा संलग्न व्यवसायीहरुले बताउँदै आएका छन ।
नेपाली उपभोक्ताले विशेषगरि तिज, बिबाहको मौसम र लक्ष्मीपुजाको अवसरमा सुनका गरगहनामा लगानी गर्दै आएका छन । दसैं सकिएर अब तिहार आउन लागेको र विस्तारै मंसिरको बिबाहको मौसम पनि सुरु हुन लागेकाले अहिले बजारमा सुन कारोबार हुनेबेला यसरी अत्यधिक रुपमा बढेको सुनको बजार भाउले उपभोक्ता थप मारमा पर्ने सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।