logo

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

    106   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् । उनले नेपालमा लगानी भित्र्याउनका लागि आफूले अमेरिकी लगानीकर्तालाई उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अमेरिकन च्याम्बर्स अफ कमर्सको आयोजनामा काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले नेपालमा पछिल्लो समय उर्जा, प्रविधि र पर्यटन लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना देखेको बताए । अमेरिका र नेपालको पूरानो तथा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै सिनेटर होलनले एमच्यामले नेपाल र अमेरिकी लगानीकर्ता बिच समन्वयकारी भुमिका खेल्न सक्ने बताए ।

अन्तक्रिया कार्यक्रममा एमच्यामले आफ्नो प्राथमिकताका आधारमा उर्जा, प्रविधि र पर्यटन क्षेत्रबारे संक्षिप्त भिडियो प्रस्तुत गरेको थियो । ती भिडियोले नेपालमा यी क्षेत्रमा रहेको सम्भावनालाई निकै मिहिन ढंगले देखाएको सिनेटर होलनले उल्लेख गरे ।
उर्जाको क्षेत्रमा भर्खरै एमसीए नेपालले काम सुरू गरेको समेत उनले जानकारी गराए । अमेरिकाले नेपालको उर्जा क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै सहयोग गरेको उनको भनाइ थियो ।
हेलनले नेपालमा लगानिको इको सिस्टम राम्रो र सहज वातावरण पनि भेटेको बताए ।
कार्यक्रममा नेपालकालागि अमेरिकी राजदुत आर थम्सनले नेपालमा अमेरिकन च्याम्बर्स अफ कमर्सले अमेरिकी लगानिकर्ताहरुलाई प्रभावकारी समन्वय गरिरहेकोमा खुसी व्यक्त गरे ।
सो कार्यक्रममा सोल्टी होटलका ऋषि चोपडाले अमेरिकी लगानीमा रहेको सोल्टी होटलले ग्लोबल क्षेत्रमा पर्यटन प्रवर्द्धनमा खेलेको भुमिकाबारे भिडियो प्रस्तुत गरेका थिए । यस्तै मोतिलाल दुगडले मोघा इनर्जी कम्पनिको बारेमा र हेमपाल श्रेष्ठले प्याराकोस्मा आईटी कम्पनीबारे भिडियो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अमेरिकन च्याम्बर्स अफ कमर्सका अध्यक्ष अजित शाहले उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा नेपालमा एक्सप्लोर हुन बाँकी धेरै रहेको उल्लेख गरे । उनले नेपालमा यी क्षेत्रमा धेरै नै सम्भावना रहेको उल्लेख गर्दै अमेरिकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा उर्जा, प्रविधि र पर्यटन क्षेत्रम अमेरिकाको लगानीबारे विशेष चर्चा गरिएको थियो ।
नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर होलनले नेपालका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दैछन् । सोही क्रममा अमेरिकन च्याम्बर्स अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूसँग उनले छलफल गरेका हुन् ।
अमेरिकन च्याम्बर्स अफ कमर्सका अध्यक्ष शाहले सो छलफलले उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा अमेरिकी लगानी वृद्धि गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अमेरिकी दूतावाससँगको समन्वयमा अमेरिकन च्याम्बर्स अफ कमर्सले सो अन्तर्क्रिरया कार्यक्रम गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत आर थम्सन र दुतावासका पदाधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू र एमच्यामका सदस्यहरूको सहभागीता थियो ।
अमेरिकन च्याम्बर्स अफ कमर्स अमेरिकामा विभिन्न क्षेत्रमा लगानी गरिरहेका नेपाली उद्यमी तथा व्यवसायीहरूको छाता संगठन हो । यस संस्थाले नेपालमा अमेरिकी लगानी भित्र्याउन विशेष पहल गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।