logo

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

    478   पटक पढिएको

प्रकाशकीय

१ असार / मुलुकको अर्थतन्त्र संकुचन र समस्यामा छ । देशभित्रकै आन्तरिक र बाह्य कारणहरुका कारण विगत लामो समय देखि संकटमा रहेको नेपालको अर्थतन्त्रले अझै पनि सहज बाटो पक्रन सकेको छैन ।

जनताको चाहना राजनितिक स्थिरता, विकास र समृद्धि रहेपनि देशले अझै सहि दिशा समाउन सकेको छैन । कुनै न कुनै रुपमा देशमा राजनीतिक एजेण्डाहरु नै प्राथमिकतामा छन ।

अर्थतन्त्रका लागी गत वर्ष त्यति अनुकुल नरहेको अवस्थामा पनि प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

यसका साथै हामीले अर्थ र व्यापार साप्ताहिक पनि सञ्चालन गर्दै आएका छौं । समृद्धि बहस कार्यक्रम मार्फत मुलुकको अर्थराजनीतिक क्षेत्रमा बहस पनि हामीले सञ्चालन गर्दै आईरहेका छौं । समय, प्रविधि र पाठकहरुको चाहनामा आएको परिवर्तनलाई मनन गर्दै हामीले अब हाम्रो यात्रालाई डिजिटल तर्फ अझ प्रभावकारी ढंगले अगाडी बढाउने प्रण गरेका छौं । अवको नेपालको आर्थिक पत्रकारिता मुलुकको समृद्धिका लागी हुनेछ र हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । डिजिटल आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता पुनः दोहो¥यान चाहन्छौं ।

Arthabyapar.com ले दश वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा सम्पूर्ण पत्रकार, कर्मचारी तथा वितरण विभागका सम्पूर्ण सहकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसका साथै हाम्रा आदरणीय पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Arthabyapar.com को दश वर्ष प्रवेशको अवसरमा Arthabyapar.com ले आगामी दिनमा पस्कने सामग्रीहरुलाई अझ परिष्कृत र विश्लेषणात्मक बनाउने जिम्मेवारीवोध पनि हामीलाई भएको छ । त्यसका साथै मुलुकको आर्थिक विकास र समृद्धिका लागी अर्थतन्त्रमैत्री वातावरण निर्माण, लगानीमैत्री वातावरण निर्माण, समयानुकुल निति निर्माण तर्जुमा गर्ने वातावरण निर्माण गर्ने तथा मुलुकमा भएका सम्भावनाहरुको उजागर गर्दै विकृति र विसंगतिहरुको पर्दाफास गर्न पत्रकारिताकै माध्यमवाट सदैव लागीरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछौं । त्यसका साथै आम जनताका सरोकारका विषय लाई पनि हामी विगत जस्तै सदैव उठाईरहने छौं र आवाजविहिनहरुको आवाज बनि नै रहनेछौं ।

प्वाईन्ट मिडिया प्रा.लि.

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।