logo

आर्थिक वर्षको अन्त्यमा एकैदिन सरकारले ग¥यो २४ अर्ब २१ करोड रुपैयाँ खर्च

    1153   पटक पढिएको

१ साउन/अर्थ र व्यापार – शनिबारदेखि समाप्त भएको आर्थिक वर्ष २०७८/७९को अन्त्यमा आएर एकैदिन सरकारले २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको दैनिक बजेटरी खर्च विवरणमा यस्तो देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्ष समाप्तीको अघिल्लो दिन शुक्रबार रातीसम्ममा सरकारले चालु खर्च, पूँजिगत खर्च र वित्तिय व्यवस्था गरि आर्थिक वर्षको अन्त्यमा आएर एकैदिन यतिधेरै रकम भुक्तानी दिएको हो ।
यसले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मुलुकको बजेट खर्च आर्थिक वर्षको अन्तिम महिना असार लागेपछि निकै हतारमा लटपट्याएर जसरी पनि खर्च गरिहाल्ने पुरानै परिपाटीले निरन्तरता पाएको छलंग बनाईदिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले आर्थिक वर्षको अन्त्यमा आएर गरिएको देसको बजेट खर्च अत्यधिक बढी देखिएको जनाएको छ । पहिले भएको कामको भुक्तानी पनि अन्तिम समयमा भएको र आर्थिक वर्षको अन्तिममा हतारमा काम गरेर भुक्तानी दिएको सो विवरणले समेत प्रष्ट्र पारेको महालेखाले जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष समाप्तीको अघिल्लो दिन शुक्रबार मात्र संघिय सरकारले एकैदिन २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ भुक्तानीकालागि विभिन्न निकायलाई चेक काटेको छ ।
एकैदिन यसरी भएको ठुलो खर्च मध्ये पूँजिगत (विकास खर्च) का लागि मात्र शुक्रबार सरकारले ९ अर्ब ८४ करोड ३१ लाख रुपैयाँको भुक्तानी दिएको देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसरी खर्च गर्दा पनि ५७.१८ प्रतिशत मात्र विकास खर्च गरेको छ । अझै सरकारी लक्ष्य प्राप्तीकालागि ४२.८२ प्रतिशत पूँजिगत खर्च गर्नुपर्ने थियो । तर अहिलेको वर्ष पनि यो सरकार आफुले निर्धारण गरेको लक्ष्य प्राप्तीमा असफल भएको छ ।
यसैगरि, सरकारले चालू खर्च तर्फ ५ अर्ब ३२ करोड १० लाख रुपैयाँ र वित्तीय व्यवस्थापनको लागि सरकारले ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष समाप्तीको अन्तिम दिन शनिबार भएका पनि सरकारले राजस्व संकलन र भुक्तानीको व्यवस्थालाई खुल्ला गरेको थियो । असार मसान्त भएकोले सरकारले शनिबार बिदाको दिन पनि सेवा खुला गरेको थियो । शनिबारअघिसम्म सरकारको कुल खर्च १३ खर्ब १ अर्ब ४२ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत पुगेको छ।
त्यसो त सरकारले असार महिनामा मात्रै २ खर्ब ५३ अर्ब रुपैंयाँ खर्च गरेको हो। असार १ गते १० खर्ब ४८ अर्ब रुपैयाँ खर्च भएको तथ्याङ्क महालेखा नियन्त्रकको कार्यालयले उल्लेख थियो। तर आजसम्ममा १३ खर्ब १ अर्ब खर्च भएको महालेखाले जानकारी दिएको छ।
राजस्व संकलन भने सरकारले ९० प्रतिशत गरेको हो। ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको सरकारले हालसम्म १० खर्ब ५९ अर्ब रुपैयाँ संकलन गरेको हो।
त्यस्तै असार महिनामा मात्रै सरकारले १ खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो। असार १ गते ९ खर्ब ४५ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले आज सम्ममा १० खर्ब ५९ अर्ब रुपैयाँ आम्दानी गरेको देखिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।