logo

आर्थिक वर्षको अन्त्यमा एकैदिन सरकारले ग¥यो २४ अर्ब २१ करोड रुपैयाँ खर्च

    1040   पटक पढिएको

१ साउन/अर्थ र व्यापार – शनिबारदेखि समाप्त भएको आर्थिक वर्ष २०७८/७९को अन्त्यमा आएर एकैदिन सरकारले २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको दैनिक बजेटरी खर्च विवरणमा यस्तो देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्ष समाप्तीको अघिल्लो दिन शुक्रबार रातीसम्ममा सरकारले चालु खर्च, पूँजिगत खर्च र वित्तिय व्यवस्था गरि आर्थिक वर्षको अन्त्यमा आएर एकैदिन यतिधेरै रकम भुक्तानी दिएको हो ।
यसले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मुलुकको बजेट खर्च आर्थिक वर्षको अन्तिम महिना असार लागेपछि निकै हतारमा लटपट्याएर जसरी पनि खर्च गरिहाल्ने पुरानै परिपाटीले निरन्तरता पाएको छलंग बनाईदिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले आर्थिक वर्षको अन्त्यमा आएर गरिएको देसको बजेट खर्च अत्यधिक बढी देखिएको जनाएको छ । पहिले भएको कामको भुक्तानी पनि अन्तिम समयमा भएको र आर्थिक वर्षको अन्तिममा हतारमा काम गरेर भुक्तानी दिएको सो विवरणले समेत प्रष्ट्र पारेको महालेखाले जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष समाप्तीको अघिल्लो दिन शुक्रबार मात्र संघिय सरकारले एकैदिन २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ भुक्तानीकालागि विभिन्न निकायलाई चेक काटेको छ ।
एकैदिन यसरी भएको ठुलो खर्च मध्ये पूँजिगत (विकास खर्च) का लागि मात्र शुक्रबार सरकारले ९ अर्ब ८४ करोड ३१ लाख रुपैयाँको भुक्तानी दिएको देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसरी खर्च गर्दा पनि ५७.१८ प्रतिशत मात्र विकास खर्च गरेको छ । अझै सरकारी लक्ष्य प्राप्तीकालागि ४२.८२ प्रतिशत पूँजिगत खर्च गर्नुपर्ने थियो । तर अहिलेको वर्ष पनि यो सरकार आफुले निर्धारण गरेको लक्ष्य प्राप्तीमा असफल भएको छ ।
यसैगरि, सरकारले चालू खर्च तर्फ ५ अर्ब ३२ करोड १० लाख रुपैयाँ र वित्तीय व्यवस्थापनको लागि सरकारले ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष समाप्तीको अन्तिम दिन शनिबार भएका पनि सरकारले राजस्व संकलन र भुक्तानीको व्यवस्थालाई खुल्ला गरेको थियो । असार मसान्त भएकोले सरकारले शनिबार बिदाको दिन पनि सेवा खुला गरेको थियो । शनिबारअघिसम्म सरकारको कुल खर्च १३ खर्ब १ अर्ब ४२ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत पुगेको छ।
त्यसो त सरकारले असार महिनामा मात्रै २ खर्ब ५३ अर्ब रुपैंयाँ खर्च गरेको हो। असार १ गते १० खर्ब ४८ अर्ब रुपैयाँ खर्च भएको तथ्याङ्क महालेखा नियन्त्रकको कार्यालयले उल्लेख थियो। तर आजसम्ममा १३ खर्ब १ अर्ब खर्च भएको महालेखाले जानकारी दिएको छ।
राजस्व संकलन भने सरकारले ९० प्रतिशत गरेको हो। ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको सरकारले हालसम्म १० खर्ब ५९ अर्ब रुपैयाँ संकलन गरेको हो।
त्यस्तै असार महिनामा मात्रै सरकारले १ खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो। असार १ गते ९ खर्ब ४५ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले आज सम्ममा १० खर्ब ५९ अर्ब रुपैयाँ आम्दानी गरेको देखिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।