logo

राष्ट्रिय सभाबाट बजेट सम्बन्धी तीनवटै विधेयक पारित

    1007   पटक पढिएको

१७ असार/अर्थ र व्यापार – राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
यी तीन वटै विधेयक गत ६ असारमा प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले शुक्रबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधि सभामै फिर्ता पठाएको छ ।
अब राष्ट्रिय सभाले संदेशसहित फिर्ता पठाएको यि तीनवटै विधेयकलाई प्रतिनिधि सभाले पारित गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पुर्ण रुपमा पारित हुनेछ । प्रतिनिधिसभाको बैठक आगामी २० असारमा बोलाइएको छ ।
यी चार वटै विधेयक प्रतिनिधि सभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । यी विधेयकहरु आगामी १ साउनदेखि लागू हुने भएकाले त्यस अगावै राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने हुन्छ ।
राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणीकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।