logo

चौतर्फी दबाबले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ भाउ घट्यो

    1041   पटक पढिएको

१२ असार/अर्थ र व्यापार – चौतर्फी दबाबपछि बल्ल सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाएको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निणर्य गरेको बताएका हुन् ।
स्वचालित मुल्य प्रणाली अनुसार अत्यधिक मात्रामा बढेको पेट्रोलियम पदार्थको भाउले उपभोक्ता गम्भिर मारमा परेको भन्दै सरकारले केही राहात दिने उदेस्यले यसरी मुल्य घटाउने निर्णय गरेको हो ।
सरकारले गरिको यो निणर्यसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ रहेको थियो । यसैगरि, यसअघि प्रतिलिट १९२ रुपैयाँमा विक्री भएको डिजेलको मूल्य २९ रुपैयाँले घटेर प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । यसरी घटाईएको घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर २८ रुपैयाँले मूल्य घटाएको हो ।
यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
त्यसअघि शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो । सोही निणर्य अनुसार सरकारले पेट्रोलियम पदार्थको मुल्य केही घटाएको हो ।
सो बैठकमा बजार अनुगमनमा कडाई गर्ने, महंगी नियन्त्रण गरि जनतालाई राहात दिने, बजार अनुगमनकालागि बलियो संयन्त्र बनाउने र यस्तो अनुगमन संयन्त्रमा उपभोक्ता अधिकारकर्मीहरुलाई पनि सहभागी गराउने निणर्य भएको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरि, उनले बजार अनुगमन कार्यलाई कडा बनाउन सम्बन्धीत मन्त्रालयलाई जिम्मा दिएर अनुगमनमा थप प्रभावकारीता अपनाउने निणर्य समेत सो बैंठकले गरेको जानकारि दिए ।
हाल इन्धनको कर घटाएर जनतालाई राहत दिएको बताएको सरकारले यसअघि गत जेठमा पनि पेट्रोलियम पदार्थमा लगाउँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएको घोषणा गरेको थियो । त्यसपछि गत ५ असारको रातिदेखि लागू हुनेगरी पेट्रोलमा २१ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको थियो । चौतर्फी दबाबपछि कर घटाएर जनातालाई राहत दिएको दावी गरेको सरकारले शनिबार मूल्य घटाएपछि पेट्रोलको मूल्य गत ५ असारको भन्दा १ रुपैयाँ महंगो र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ सस्तो भएको छ ।
इन्धनमा सरकारले पूर्वाधारसहित विभिन्न शीर्षकमा लगाउँदै आएको कर तथा आयल निगमको खर्च शुल्कले मूल्य अत्यधिक बढेको छ । नेपाल आयल निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५.६१ रुपैयाँ सरकारी राजस्व लाग्छ । जसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पु¥याइएको हो । यसैगरि, डिजेलमा प्रतिलिटर ४९.५३ रुपैयाँ सरकारी राजस्व लाग्छ । ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोडेर प्रतिलिटर १९२ रुपैयाँ मूल्य तोकिएको निगमले जनाएको छ । यो आयातको विवरण अनुसार खरिदको तुलनामा बिक्री मूल्य उच्च देखिएपनि अझै निगमले भने इन्धनको व्यापार घाटामै रहेको बताउँदै आएकोमा आफुहरुलाई अचम्म लागेको आम उपभोक्ताको गुनासो गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।