logo

अर्थमन्त्रीले मध्यरातमा करकोदर हेरफेर गर्न बाहिरका मान्छे बोलाएकोबारे योगेश भट्टराईले उठाए प्रश्न 

    1078   पटक पढिएको

३० जेठ/अर्थ र व्यापार – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्ष २०७९/८०कालागि विनियोजित  बजेट निर्माणका क्रममा मध्ये रातको १२ बजे अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई आफ्नो कार्यकक्षमा बाहिरका मान्छेलाई बोलाएर करका दरमा हेरफेर गरेकोबारे गम्भिर प्रश्न उठाएका छन ।  उनले त्यस्ता व्यक्तिलाई बजेट आउने अघिल्लो दिन किन बोलाएको भन्दै प्रश्न गरे ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले यस्तो प्रस्न गरेका हुन । उनले विद्युतीय सवारी साधन,सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट मार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको बताए ।
 उनले अर्थमन्त्रीले संसद्को बैठकमा त्यसबारेमा जानकारी गराउनुपर्ने माग गरे । सांसद,मन्त्रीहरुले पदमा रहँदा वा नरहँदा कुनै पनि कुरा सार्वजनिक नगर्ने भनेर सपथ खाएको स्मरण गर्दै बजेट निर्माणको अन्तिम चरणमा बाहिरको मान्छे आउनु राष्ट्र नाममा लिएको सफतको खिलाफ भएको उनको तर्क छ । यो राष्ट्रघात भएको भन्दै यस विषयमा मन्त्रीको स्पष्टिकरण समेत माग गरेका छन् । यस विषयमा प्रधानमन्त्रीको भनाइ पनि आवश्यक रहेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।