logo

निर्जीवन बिमा कम्पनीले करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाए

    1154   पटक पढिएको

१४ बैशाख/अर्थ र व्यापार – निर्जीवन बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्ममा करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाएका छन् । हाल सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीले चैत मसान्तसम्ममा २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ बिमा शुल्क उठाएका हुन्।
चैत (एक महिना)मा भने निर्जीवन कम्पनीले ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । बिमा समितिको तथ्यांक अनुसार चैत महिनासम्म निर्जीवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बिमा शुल्क आर्जन गरेको छ । यस अवधिमा सो कम्पनीले ३ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको हो ।
यसैगरि, दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले यस अवधिमा २ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरि, नेको इन्स्योरेन्स २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ , सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड ५ लाख रुपैयाँ , एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७७ करोड १८ लाख रुपैयाँ , प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरि, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ , आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ४१ लाख रुपैयाँ , हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ र अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ , नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ , लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ , प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १ अर्ब रुपैयाँ भन्दाबढी बिमा शुल्क आर्जन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।