logo

वाणिज्य बैंकहरुको संख्या १५ वटा भए पुग्ने राष्ट्र बैंकको निष्कर्ष

    399   पटक पढिएको

१२ बैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मुलुकमा वाणिज्य बैंकहरुको संख्या १५ वटा भए पुग्ने निष्कर्ष निकालेको छ ।
हाल सञ्चालित वाणिज्य बैंकहरुको संख्या घटाउन मर्जरको कुरा उठेको धेरै समय वितेपछि बल्ल केही बैंकहरुले मर्जर गरेका छन् । हाल केही बैंकहरु मर्जर गर्ने तयरीमा रहेका छन् । यस्तो अवस्थाकाबीच पनि अझै मुलुकमा वाणिज्य बैंकहरुको संख्या २७ वटा रहेका छन् ।
अहिले राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा वाणिज्य बैंकहरु ११ देखि १५ वटा भए पुग्ने निष्कर्ष निकालेको छ । राष्ट्र बैंकले गरेको अध्ययन सर्भेले नेपालमा १५ वटासम्म बैंक हुँदा उपयुक्त हने निष्कर्ष निकालेको हो ।
राष्ट्र बैंकले २ सय ३० जना छनौट गरेर सर्भे गरेको थियो । सर्भेमा रहेका मध्ये १ सय ४० जना बैंक तथा वित्तीय संस्थामा आवद्ध थिए । अन्य बाँकी ९० जना बैंक तथा वित्तीय संस्थाका विज्ञहरु थिए ।
यसरी गरिएको सर्भेमा सहभागी भएका १ सय ४० जना मध्ये ८४ प्रतिशत र विज्ञ मध्ये ७८ प्रतिशतले वाणिज्य बैंकको संख्या चाहिने भन्दा धेरै रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

यस्तो छ संसोधित बीमा ऐन–२०७९को नयाँ व्यवस्था

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै ‘बीमा ऐन २०७९’ लाई स्वीकृत गरेकी छिन् ।

अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा, एक डलरको विक्री मुल्य १३२ रुपैयाँ नाग्यो

अमोरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ ।

खाद्य कम्पनीले खसिबोका र च्याङग्राको मुल्य तोकेर विक्री थाल्यो, खसीबोकाको भाउ प्रतिकेजी ६७० र च्याङग्राको १२ सय ५० रुपैयाँ

अकासिदो बजार भाउ नियन्त्रण गर्ने उदेस्यले दसैंका उपभोक्तालाई केही सहुलियत दरमा रसिलो मासु उपलब्ध गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंका लागि जिउँदो खसीबोका र च्याङग्राको मूल्य तोकेको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।