logo

अर्थमन्त्रीमाथि निलम्बित गभर्नको आरोप

कालोधन छुटाउन पटक पटक दबाब, स्वायत्त निकायमाथिको ठाडो हस्तक्षेप

    1443   पटक पढिएको

६ बैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मा माथि राष्ट्र बैंकजस्तो स्वायत्त निकायलाई ठाडो हस्तक्षेप गरी कालोधन छुटाउन पटक पटक दबाब दिएको आरोप लगाएका छन् । अधिकारीले सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्दै यस्तो आरोप लगाएका हुन् ।
अर्थमन्त्री शर्माले सम्पत्ति शुद्धिकरण सम्बन्धी छानविनमा परेको र छानविनको क्रममा रहेको एक व्यक्तिको खाता फुकुवा गरिदिन अर्थमन्त्री स्वयमलेनै आफुलाई पटक पटक दबाब दिएको उल्लेख गरेका छन् ।
यसैगरि, सो सम्बन्धमा छानविनको क्रममा रहेको संकास्पद रकम फुकुवा गर्न मिल्दैन भनी आफुले पटक पटक अडान लिँदै आएको तर, मन्त्री शर्माले सम्पत्ति शुद्धिकरण विभाग र केन्द्रिय अनुसन्धान व्यूरोले छानविन गरिरहेको सो रकमको सम्बधमा सम्बन्धित व्यक्तिको निवेदन लिई के कति कारणले रोकिएको र खाता खुलाउन तोक आदेश लगाई खोलाउन अनुरोध गरेको समेत अधिकारीले उल्लेख गरेका छन् ।
हाल सर्वोच्च अदालमा विचराधिन रहेको अवस्थमा मन्त्री स्वयमले पटक पटक उक्त खाता खुलाउन निर्देशन दिनुले न्यायिक निरुपणको अनादेख गरिनुका साथै अदालत माथि समेत अविस्वास गरेको अधिकारीको ठहर छ ।
यसैगरि, राष्ट्र बैंक अर्थ मन्त्रालय मातहत वा अर्थमन्त्रीको निर्देशन पालना गर्ने निकाय नभई स्वायत्त संस्था रहेको उल्लेख गरेको छन् । राष्ट्र बैंक ऐन अनुसार नेपाल सरकारबाट आफु ५ बर्षको लागि नियुक्त भएको र सोही अबधिसम्मका लागि काम गर्न पाउनुपर्ने बताएका छन् ।
उनले आफुमाथि बनाईएको जाँचबुझ समिति समेत अवैधानिक रहेको उल्लेख गरेका छन् । सो समिति आफुलाई जसरी पनि पदमुक्त गर्ने गरी गठन गरिएको र अर्थमन्त्रीको स्वार्थमा गठन भएको भन्दै उक्त समिति बदर गर्न समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।