logo

दर्जनौं व्यवसायी र बैंकर्सहरु विभूषित

    1629   पटक पढिएको

४ बैशाख/अर्थ र व्यापार – सरकारले यसपाली धेरै उद्योगी/व्यवसायी र बैंकर्सहरुलाई विभूषित गरेको छ । नववर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार काठमाडौको शितलनिवासस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा विभिन्न उद्योगी व्यवसायी र बैंकर्सहरुलाई विभूषित गर्दै अलंकार र पदक वितरण गरेकी हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले गत ३ असोजमा ‘संविधान दिवस– २०७८’ को अवसरमा विभिन्न क्षेत्रमा संलग्न व्यवसायी र बैंकर्सहरुको नाम छनोटमा पारेर उनीहरुलाई विभूषण र पदक प्रदान गर्ने घोषणा गरेको थियो । संविधान दिवसको अवसरमा सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो ।
सोही निणर्य अनुसार नाम छनोटमा परेका व्यवसायी तथा बैंकसंहरु अहिले विभिन्न पदक र अलंकारबाट विभूषित भएका हुन । राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीपबाट गैर आवासिय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष डा. उपेन्द्र महतो, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकार र कैलाशचन्द्र गोयललाई विभूषित गरेकी हुन् ।
यसैगरि, राष्ट्रपति भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट उद्योगी व्यवसायी तथा पंचकन्या ग्रुपका उपाध्यक्ष धुर्वकुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, व्यवसायी राजेन्द्र खेतान, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, उद्योगी व्यवसायी शिवरतन सारदा, उद्योगी व्यवसायी साहिल अग्रवाललाई विभूषित गरेकी हुन् ।
त्यसैगरि, बीमा क्षेत्रबाट भने शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तलाई उनीहरुले बीमा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रवल जनसेवाश्री पदक प्रदान गरिएको थियो । सरकारले यसपालीको संविधान दिवसका अवसरमा बिभिन्न क्षेत्रमा योगदान गर्न ९ सय ३ जनालाई विभिन्न मानपदवी र अलंकारबाट बिभुषण गर्ने निर्णय गरेको थियो ।
सोही निणर्य अनुसार नाम छनोटमा परेका विभिन्न व्यवसायीहरु मध्ये निर्माण व्यवसायी रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतका व्यवसायी पनि विभूषित भएका छन् । यसैगरि, सरकारले अन्य व्यवसायी तथा बैंकर्सहरु चिन्तामणि न्यौपाने, हुमनाथ कोइराला, सौरभ दुगड,अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल, संजयकुमार खेतान, राजु ढकाल, गोकुल भण्डारी, देवकृष्ण मुण्दडा, कमलकिशोर मालपानी, रविना देशराज श्रेष्ठ लगायतलाई पनि विभूषित गरेको थियो ।
त्यसैगरि, सरकारबाट विभूषित हुने अन्य व्यवसायीहरुमा राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्रप्रसाद ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरिश्वर शर्मा, सुनिलबल्लभ पन्त, बद्री गुरागाँई, सौरभ दुगड, चिन्तामणी न्यौपाने नारायण बजाज, राजेन्द्र मल्ल, कमलकिशोर मालापनी, यादवसिंह कार्की, विनोद ज्ञावाली लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।