logo

को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम सुरु

देसमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक ; मन्त्री पौडेल

    760   पटक पढिएको

२५ चैत/अर्थ र व्यापार – राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ शुक्रबारबाट सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटल शुरु भएको सो फोरम दुई दिनसम्म चल्ने छ ।

विशेषगरि युवालाई उद्यमशिलतामा लगाउन उत्प्रेरणा प्रदान गर्ने उदेस्यले आयोजना गरिएको यस नेशनल युथ फोरममा विविध विषमा छलफल हुने महासंघले जनाएको छ ।
महासंघका सञ्चालक तथा कार्यक्रम संयोजक सागर ढकालको सभापतित्व सुरु भएको कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका हुन ।
मन्त्री पौडेलले सहकारीको बलियो पुँजी र जनशक्तिलाई उद्यमशीलता तथा रोजगारीमार्फत मुलुकको समृद्धितर्फ लान सकिने बताए । जसका लागि नीतिगत तथा कानुनी अड्चन हटाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले समृद्धिको बाटोमा हिड्ने अब युवा नै भएकाले सरकारले पनि सहकारीको अभियानलाई थप ससक्त बनाउन युवाको सहभागीता एवं भूमिकालाई नै महत्व दिन थालेको बताए ।
‘युवाहरुको काँधमा मुलुकको समृद्धिको जिम्मेवारी आएको छ । तपाईहरु अघि बढ्नुस हाम्रो साथ र सहयोग रहनेछ’ मन्त्री पौडेलले भने । मुलुकमै प्रचुर सम्भावनालाई विदेशीहरुले देखेको तर, नेपालीहरु स्वयंले नदेखेको भन्दै युवालाई सम्भावना खोज्ने अभियानमा सहकारीलाई सारथी बनाउन पनि उनले आग्रह गरे । लागिपर्यो भने पुँजी जुट्ने बताउँदै मन्त्री पौडेलले भने, ‘युवामा इच्छाशक्ति, जागरुकता, क्रियाशीलता र अनुशासन आवश्यक छ, बाँकी अड्चनहरुले रोक्न सक्तैन ।’


उनले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको धारणा राखे । उनले देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवा आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताए ।
विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकताको अन्त्य गर्दै नेपालमै संभावनाहरु खोज्नुपर्ने उनको भनाइ थियो । देशमा ढिला भए पनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको बताउँदै उनले दिगो विकासको लक्ष्य अघि बढाइएको छ त्यसैले अब समृद्धिका लागि युवाले स्वदेशमै संभावना देख्नुपर्छमा जोड लिए ।
सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवा लाग्न पनि उनले आग्रह गरे । सहकारीमा लागेका युवालाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन अब्हान गरे । अब युवाले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्दै उनले मुलुकको समृद्धिका लागि नीजि क्षेत्र, सामूदायिक र सहकारीलाई सँगै अघि बढाउन युवालाई आग्रह गरे ।

यसैगरि, राष्ट्रिय सहकारी महासंघको बरिष्ठ उपाध्यक्ष एवम संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएको बताइन । 
महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताउँदै अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरुको सत्रिय सहभागिता आवश्यक भएको धारणा राखिन । सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै उनले युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी गरिन । सहकारी अब नवीनतम प्रविधिसँग जोडिनुपर्नेमा जोड दिँदै महाप्रबन्धक सुब्बाले भनिन, ‘ त्यसका लागि युवाको आवश्यकता हुन्छ किनकि उनीहरु सृजनशील, नवप्रवर्तनमुखी र जोखिम बहन गर्न सक्ने सक्षमता बहन गर्छन् ।’
यसैगरि, उनले युवामैत्री सहकारी अभियानका लागि महासंघले पनि आफ्नो १० वर्षे रणनीतिमार्फत अवको एक दशकभित्र अभियानको निर्णायक तहमा युवालाई पु¥याउने नीति अबलम्बन गरिएको जानकारी गराइन । त्यसैगरि,युवामार्फत उद्यमशीलताको बलमा सहकारी अभियानको मुहार फेर्न सकिने विश्वास व्यक्त गरिन ।

कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरमका संयोजक तथा सहकारी महासंघका सञ्चालक सागर ढकालले सहकारी मार्फत उद्यमशीलताको तिर्खा मेटाउन यो फोरम आयोजना गरिएको जानकारि गराए । युवाको दिमाग र कामले देशलाई सफलतातर्फ डो¥याउने बताउँदै उनले सहकारीमार्फत उद्यमशीलतासँग जोडिन पनि सम्पूर्ण सहकारीकर्मीलाई आवहान गरे ।
सरकारमार्फत नीतिगत सहजीकरण भए सहकारी मोडलबाट धेरै काम गर्न सकिने बताउँदै उनले यो कार्यक्रम निकै फलदायी र उपलब्धीमुलक भएको दावी गरे । आफै युवा सहकारी अभियन्ता रहेका ढकालले सहकारी मोडेलबाट मुलुकको विकास गरेर देखाउन सकिने दृढता व्यक्त गर्दै नीतिगत सहजीकरणको बलमा सहकारीमार्फत समृद्धि हासिल गर्न सकिने बताए ।
सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको प्रमुख साझेदार भएकाले यसका लागि युवालाई प्रोत्साहित गर्नुपर्ने भन्दै उनले नेपालमा कुल जनसंख्याको एक तिहाइ संख्या युवा रहेकाले अब मुलुकको विकासका लागि युवालाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।
संयोजक ढकालले नीतिकत तहमा युवालाई विभेद गरेकाले संविधानले दिएको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले नेपालको बेरोजगार युवाशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिन नसकेकोमा चिन्ता व्यक्त गर्दै युवालाइ स्वदेशमै उद्यमशिलता विकासतर्फ आकर्षित गर्न ध्यानाकर्षण गराए ।
उनले सबै युवालाई समान रुपममा अवसर प्रदान गर्नुपर्ने बताउँदै समुदायहरूमा युवा नेतृत्व बृद्धि गर्नका लागि सहकारीको योगदान रहने धारणा राखे । जसरी महिला नेतृत्वमा सहकारीको योगदान रहेको छ त्यसरी नै युवा सशक्तिकरण, उनीहरुको कार्यलाई प्रोत्साहन र समर्थन गर्ने, साझेदारीलाइ बढवा दिने र युवाको पहिचानको सुनिश्चिता गर्ने उद्देश्यले युवाको भूमिकालाई प्रोत्साहित गर्नुपर्ने उनले बताए ।
सहकारीले अब युवाको संलग्नतालाई नीति निर्माण तहदेखि कार्यन्वयन तहसम्म बृद्धि गर्नुपर्छ भन्दै उनले बैंकहरुले पनि युवामा लगानी गर्नसक्नुपर्ने धारणा राखे । ढकालले शनिबारसम्म चल्ने यस फोरममा युवा उद्यमीका सफलताका कथाहरु, विज्ञ व्यक्तित्वहरुका प्रस्तुतीहरु रहने जानकारी गराएका थिए ।
सो कार्यक्रममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल तथा प्रस्तुती रहनेछ । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।