logo

फेरि बढ्यो इन्धनको भाउ, खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँ बढ्यो

    1176   पटक पढिएको

२४ चैत /अर्थ र व्यापार – यसअघि लगातार बढिरहेको अवस्थामा सरकारले फेरि इन्धनको भाउ बढाएको छ । सात समुन्द्र पारिको रुस युक्रेन युद्धलाई बहाना बनाएर व्यापारिले हरेक वस्तुको भाउ बढाईरहेको बेलामा अहिले खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँले भाउ बढाईएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। यस अघि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ रहेको थियो ।
बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ। यस्तै हवाई इन्धन आन्तरिकमा ५ रुपैयाँ बढेर प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रिय अमेरिकी डलर ५० ले बढेर प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५ सय ४५ कायम गरिएको छ । यसअघि निगमले चैत २ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमको भनाइ छ । उता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।