logo

बहुप्रतिक्षित चोभार बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

    1296   पटक पढिएको

२२ चैत/अर्थ र व्यापार – बहुप्रतिक्षित चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बन्दरगाहमा प्रवेश गराई प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।
यसअघि केही नीतिगत व्यवस्था मिलाउने कार्यमा भएको ढिलाईका कारण गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन । काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याईएको हो ।
हाल बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैंक लगायत सबै पूवाधारजन्य निकाय आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । सो समितिका कार्यकारी निर्देशक आशिष गजुरेले यस्तो जानकारी गराएका हुन ।
विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो । दुई सय २० रोपनी क्षेत्रफलमा निर्माण भएको यस बन्दरगाहमा पाँचसय ट्रक पार्किङ गर्न सकिन्छ । यसैगरि, परियोजना अन्तर्गत पाँच वटासयसम्म कन्टेनर राख्न मिल्नेगरी यार्ड बनाइएको छ ।
समितिका निर्देशक गजुरेलका अनुसार यो बन्दरगाहमा चारवटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको छ । बन्दरगाहमा सवारी साधन प्रवेशकालागि ठूला तीनवटा गेट बनाइएको छ । यसैगरि, बन्दरगाह क्षेत्र बाहिरको सडकसमेत सुधार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।