logo

नाट्टाको बरिष्ठ उपाध्यक्षमा प्रमोद दाहालको उम्मेदवारी, पर्यटन ऐनलाई समय सापेक्ष बनाउन पहल गर्ने प्रतिवद्धता

    756   पटक पढिएको

१५ चैत्र / अर्थ र व्यापार- पर्यटन क्षेत्रकै पुरानो संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागी आगामी १७ चैत्रमा निर्वाचन हुँदैछ । नाट्टा निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका एक उम्मेदवार हुन–प्रमोद दाहाल । नाट्टा निर्वाचनका लागी दाहालले अध्यक्षका उम्मेदवार रमेश थापाको प्यानलवाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

कोलम्बस ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक दाहाल पुराना पर्यटन व्यवसायी हुन । विगत तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न दाहालले यसअघि ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को कार्यसमिति सदस्यका रुपमा पनि आफ्नो जिम्मेवारी पुरा गरेका थिए । लामो समयदेखि उल्लेख्य संख्यामा बंगलादेशी पर्यटकलाई नेपाल भित्र्याउन सक्रिय दाहाल नेपाललाई “सभा सम्मेलन पर्यटन गन्तव्य” का रुपमा समेत विकास गर्न सकिने मान्यता राख्छन ।

“आज पनि पर्यटन क्षेत्रमा २०३४ सालको पर्यटन ऐन छ, पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आईसक्यो, पर्यटन क्षेत्र र व्यवसायका समस्या हरु सम्बोधन गर्न पर्यटन ऐनलाई समयसापेक्ष बनाउन जरुरी छ”– दाहाल भन्छन–“त्यसका लागी नाट्टा मार्फत सरकारसंग सहकार्य र छलफल गर्दै पर्यटन ऐनलाई समयानुकुल बनाउन पहल गर्ने एजेण्डा छ ।” नाट्टाको अगुवाईमा अन्य पर्यटन क्षेत्रका सरोकारवालाहरुसंगको सहकार्यमा पर्यटन ऐनलाई समयानुकुल बनाएर पर्यटन क्षेत्रका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको र त्यसका लागी आँफुहरुले पहल गर्ने उनले वताए ।

नाट्टालाई टिमवर्क मार्फत थप व्यवस्थित बनाउन सकिने उनको विश्वास छ । सरकार र नीजि क्षेत्रविचको सहकार्यले पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सकिने उनको मान्यता छ । नाट्टामा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दाहाल टिकेटिङ क्षेत्रका समस्या समाधानका लागी आयटासंग सम्बन्धित विषयहरु पुनरावलोकलन गर्न पहल गर्ने, नेपाल राष्ट्र बैंक संग छलफल गरी विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रलाई केहि राहत प्रदान गर्न पहल गर्ने जस्ता विषयलाई आफ्ना प्रमुख एजेण्डा रहेको उनले वताए ।

नाट्टाका सदस्य व्यसायीहरुको हितलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा गरिने पर्यटन पर्यटन प्रवद्र्धनका गतिविधिहरुलाई थप प्रभावकारी ढंगले गर्न सकिने उनको धारणा छ । त्यसका लागी सवै अग्रज र समकालिन व्यवसायीहरुको सल्लाह र सुझाव मार्फत नाट्टाको गरिमा बढाउने गरी कार्य गर्ने योजना बनाएको दाहालले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।