logo

१५ चैत अघि मन्त्रिपरिषद पुनर्गठनको तयारी, अर्थसहित अन्य महत्वपूर्ण मन्त्री फेरबदल हुँदै

    1118   पटक पढिएको

१० चैत/अर्थ र व्यापार – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा फेरि आगामी १५ चैत अघि नै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । निर्वाचन आयोगले आगामी १५ चैतदेखि निर्वाचन आचार संहिता लागु गर्न लागेसँगै अहिले प्रधानमन्त्री देउवा नेतृत्वको सत्ता गठबन्धनमा निर्वाचन आचार संहिता लागु हुनु अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने समझदारी भएको छ ।
यसअघि नै सरकारले आगामी ३० बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको थियो । सोही अनुसार निर्वाचन आयोगले दल दर्तादेखि नमुना मतपत्र लगायतका काम अघि बढाईसकेको छ ।
निर्वाचन आचार संहिता लागु भएपछि मन्त्रिमण्डल पुनर्गठनदेखि अन्य महत्वपूर्ण कामहरु गर्न पाइँदैन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी गठबन्धनमा निर्वाचन आचार संहिता लागु हुनु अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने समझदारी बनेको हो । सोही समझदारी अनुरुप सरकारमा सहभागी चारवटै दलले केहि मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई नियुक्ति गर्ने तयारी गरेका छन् । यस्तो तयारी अनुसार अब नेपाली काँग्रेस बाहेकका दलहरुका तर्फबाट सरकारमा सहभागी भएका अधिकांश मन्त्रीहरु फेरिनेछन् ।
माओवादी कोटाका अर्थमन्त्री जनार्दन शर्मा पनि फेरिने मन्त्रीहरुको सूचिमा छन् । निर्वाचनका मुखमा मन्त्री शर्माका कारण सिंगो गठबन्धन र सरकार नै अलोकप्रिय बनेको, निजी क्षेत्रले सरकारमाथि अविश्वास गरेको अवस्थालाई मध्यनजर गर्दै मन्त्री शर्मालाई हटाउने मनस्थितिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै पुगेको सत्ता गठबन्धन श्रोतले बताएको छ । सत्ता गठबन्धन श्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले नै वर्तमान अर्थमन्त्री शर्मालाई हटाएर बर्षमान पुनलाई अर्थमन्त्री बनाउने तयारी गरेका छन भने प्रधानमन्त्री देउवाले पनि शर्मालाई हटाएपछि अब अर्थ मन्त्रालय काँग्रेसले लिने अडान राखेका छन ।
प्रधानमन्त्री देउवाले शर्मालाई हटाउने हो भने परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई अर्थमन्त्री बनाउने बताएका छन् । वर्षमान पुनलाई भने गृह वा परराष्ट्र मन्त्रालय दिन सकिने सन्देश देउवाले खुमलटार पठाएको सत्ता गठबन्धन श्रोतले बताएको छ । यस्तो अवस्थाकाबीच आगामी १५ चैत आउन अब पाँच दिन मात्र रहेको छोटो समयमा अर्थमन्त्रालय काँग्रेसको पोल्टामा जाने अवस्था बनेको खण्डमा मात्रै थप बिबाद बढाउनु भन्दा अहिलेकै अर्थमन्त्रीलाई नचलाउने भन्नेतर्फ प्रधानमन्त्री मोडिएभने मात्र जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारीमा निरन्तरता पाउनेछन् । त्यस्तो अवस्थामा वर्षमान पुनलाई उर्जा मन्त्री बनाउन अहिलेका उर्जामन्त्री पम्फा भुषाललाई फिर्ता बोलाएर वर्षमान पुनलाई फेरि उर्जा मन्त्री बनाउने सम्भावना पनि उत्तिकै छ । सत्ता गठबन्धन श्रोतले जानकारि गराए अनुसार माओवादी केन्द्रले अधिकांश मन्त्रीहरु फेर्ने तयारी गरेको छ ।
यसैगरि, एकिकृत समाजवादी पार्टीले पनि आगामी निर्वाचन अघि नै आफ्नो तर्फका मन्त्री फेर्दैछ । शहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नै फेरिन सक्ने देखिएका छन् । जनता समाजवादीबाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, रेणु यादव लगायतलाई पनि फिर्ता बोलाएर नयाँ टिम पठाउनेबारे सत्ता गठबन्धन पार्टीमा छलफल सुरु भैसकेको सत्ता गठबन्धन श्रोतले जनाएको छ ।
सत्ता गठबन्धन श्रोतका अनुसार नेपाली काँग्रेसमा देउवालाई सभापति बनाउन सहयोग गरेका प्रकाशमान सिंहसहितका केहि नेताहरुलाई मन्त्री बनाउनै पर्ने बाध्यता रहेको बताइन्छ । हालसम्म मन्त्री बिहिन बनेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत यहि क्रममा नयाँ मन्त्री प्राप्त गर्नेछ । सरकारले महत्वपूर्ण निकायहरुको नियुक्ती तथा लाईसेन्स वितरणको काम समेत आचार संहिता लागु हुनुपर्व नै अघि बढाईसक्ने योजनासहित अघि बढाएको छ । ‘ अबको एक साता भित्रै मन्त्रिपरिषद पुनर्गठन हुन्छ, नियुक्ती, सरुवा र बढुवाका महत्वपूर्ण कामहरु पनि यहि बिचमा हुनेछन् ।’, सत्ता गठबन्धन उच्च श्रोतले भन्यो । सत्ता गठबन्धन श्रोतका अनुसार पछिल्लो एक साता देखि नै विभिन्न ठाउँमा रिक्त रहेको ठाउँमा आफ्ना मान्छे भर्ति गर्ने काम व्यापक रुपमा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।