logo

इतिहासकै सबैभन्दा धेरै मुल्यबृद्धि ,उपभोत्तालाई भान्सा चलाउनै सकस

‘रुस–युक्रेन युद्ध’ व्यापारीका बहाना

    838   पटक पढिएको

२५ फागुन /अर्थ र व्यापार – २०६२/६३ सालको तेस्रो जनआन्दोलनबाट स्थापित गणत्रान्त्रिक मुलुक नेपालको इतिहासमै हाल दैनिक उपभोग्य बस्तु लगायत हरेक क्षेत्रमा मुल्यबृद्धि अकासिएर चरम उचाईमा पुगेको छ । जसका कारण अहिले उपभोत्ताको दैनिक भान्सा चलाउनै मुस्कील भईरहेको छ ।
यस्तो अवस्थामा पनि सरकारले अस्वभाविक रुपमा बढेको मुल्यबृद्धि नियन्त्रणकालागि कुनै पहन नै गरेको छैन । सरकारको यस्तो व्यवहारले अहिले गणतान्त्रिक र लोकतान्त्रिक मुलुकमा मुल्यबृद्धि नियन्त्रण भई हेक बस्तु सस्तो र सहज रुपमा पाइँने आम उपभोत्ताको अपेक्षामाथी नै कुठाराघात भएको छ । जनआन्दोलनका बेला हाल सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी सहित गठबन्धनमा सहभागी दलहरु लगायत विभिन्न राजनीतिक दलका नेताहरुले गणतन्त्र आएपछि नेपाली नागरिकलाई विजुलीको महशुल तिर्न नपर्ने,काठमाडौमा बस्नेहरुको घरभाडा देखि हरेक उपभोग्यबस्तु धेरै सस्तो बनाउने आश्वासन दिएका थिए । मुलुकमा गणतन्त्र स्थापना भई अहिले त्यसरी आश्वासन दिनेहरु धेरै पटक पालैसँग सरकारमा बसेर देसको नेतृत्व सम्हालेको झन्डै १६ वर्ष वितिसक्दा पनि अझै नेपालको इतिहासमै सबैभन्दा चर्को मुल्यबृद्धि गरेर सर्वसाधारण नागरिकको दैनिक भान्सा चलाउनै सकस बनाईदिएपछि तेस्रो जनआन्दोलनका बेला विभिन्न राजनीतिका नेताहरुले भनेका सबै भनाई झुटो सावित भएको आम उपभोत्ताको गुनासो छ । हाल हरेक क्षेत्रमा देखिएको यस्तो अश्वभाविक मुल्यबृद्धिले आम नागरिकको ढाड सेकिएर गम्भिर मारमा परेको उनीहरुको भनाई छ । उनीहरुले वर्तमान गठबन्धनको सरकारले यस्तो चरम अकासिएको बजार मुल्य नियन्त्रणको मुख्य जिम्मेवारी प्राप्त उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई नै निकै लामो समयदेखि मन्त्रिबिहीन बनाएर राखेकाले आफुहरु थप समस्यामा परेको बताएका छन ।
मुलुकको बजार व्यवस्थापन,महंगी नियन्त्रण र उद्योग, व्यवसायको संरक्षण तथा प्रर्वद्धन गर्ने जिम्मा लिएको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय विगत १० महिनादेखि मन्त्रीविहिन छ । यस मन्त्रालयमामा मन्त्रीको कार्यकक्ष बाहिर उद्योग समेत हेर्ने गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको नेमप्लेट टाँगिएको छ । तर, प्रधानमन्त्री देउवा अहिलेसम्म सो मन्त्रालयमा एकपटक पनि पुगेका छैनन । वितेका १० महिनाको अवधिमा जम्मा २ दिन मात्रै उद्योग मन्त्रालयमा विभागीय मन्त्री नियुक्ति भएका थिए । ति दुई दिनलाई पनि छाड्ने हो भने १० महिनाको अवधीमा यस मन्त्रालयले विभागीय नेतृत्व पाउन सकेको छैन।
लामो समयदेखि उद्योग मन्त्रालय मन्त्रीविहीन भएको चार महिनापछि बल्ल प्रधानमन्त्री देउवाले गत २२ असोजमा गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपुर्ती बनाएका थिए । त्यसबेला हमालको नियुक्ति निकै विवादमा परेपछि उनले पनि नियुक्ति लिएको दोस्रो दिनमै राजिनामा दिएका थिए । सोही बेलादेखि हालसम्म यस मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवा आफैंले हेर्दै आएका छन् । जम्मा दुई दिन मात्र मन्त्रि भएका हमाल भन्दा अघि पनि सर्वोच्च अदालतको आदेश पछि गत ८ असारमा तत्कालिन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री राजकिशोर यादवले १३ दिनमै मन्त्रालय हाडेका थिए ।
सो समय प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बैधानिकता दिन नमिल्ने भन्दै फैसला सुनाए पछि तत्कालिन मन्त्री यादव लगायतका १३ जना मन्त्री सरकारबाट बाहिरिएका थिए ।
झन्डै १० महिनादेखि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई सरकारले मन्त्रिविहिन बनाएको फाईदा उठाउँदै अहिले व्यापारि तथा कालाबजारीमा संलग्न बिचौलीयाहरुले विभिन्न बहाना बनाएर आम उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन ।
सरकार, सम्बन्धीत सरोकारवाला निकाय मात्र नभएर अहिले मुलुकको चरम महंगी नियन्त्रणमा राजनीतिक क्षेत्रबाटै कालाबजारी एवं बिचौलियाहरुको संरक्षण भईरहेको आम उपभोत्ताको गुनासो छ ।
अहिले व्यापारिहरुले सात समुद्रपारिको युक्रेन र रसियाबीचको आन्तरिक झगडालाई बहाना बनाएर पेट्रोलियम पदार्थ, सुन र विदेशी आयातित खाने तेल मात्र नभएर हरेक बस्तुमा मुल्य बढाएर उपभोत्ताको ढाड सेक्ने काम गरिरहेका छन । उनीहरुले यि मुलुकबाट आयात हुने सामानको मुल्य बढेकै कारण यहाँको बजारमा पनि मुल्य बृद्धि भईरहेको दावी गर्दै आएका छन ।
युक्रेन–रसिया झगडालाई बहाना बनाएर अहिले यहाँका व्यापारि एवं बिचौलियाहरुले खाने तेल लगायत हरेक उपभोग्य बस्तुमा चरम मुल्यबृद्धि गरेर उपभोत्ताको ढाड सेक्ने काम गरिरहेको आम उपभोत्ताको गुनासो छ । यस्ता खाद्य बस्तुको मात्र नभएर हाल रुस र युक्रेनबीचको झगडाले नेपालमा पेट्रोलियम पदार्थको मुल्य अत्यधिक बढेर प्रति लिटर पेट्रोलको मुल्य १५० रुपैयाँ पुगिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा प्रयोग हुने कच्चा तेलको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेका कारण त्यसको असर नेपालमा परेको हो । हाल नेपाली बजारमा सुनको मुल्य पनि अत्यधिक रुपमा बढेर अहिलेसम्मकै सबैभन्दा धेरै प्रतितोला छापावाल सुन १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
राजनितिक अस्थिरता र वैदेशिक व्यापारमा देखिएको यस्ता सामान्य अप्ठेरो अवस्था उत्पन्न भएलगत्तै त्यसको फाइदा उठाएर आम उपभोत्ताबाट बढी पैसा लिन पल्किएका व्यवसायीले अत्याबश्यक बस्तुमा मुल्यबृद्धि गर्दै आएपनि सरकार चुप लागेर बसेको उपभोत्ताको आरोप छ ।
व्यापारीले आफुखुशी विभिन्न बहाना देखाउदै मुल्यबृद्धि गरिरहेपनि सरकारी नियमक निकाय भने अनुसन्धानमै मात्र रुमलिईरहदाँ उपभोक्ता दैनिक रुपमा ठगिंदै आएका छन् । हाल व्यवसायीले दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, खानेतेल, पेट्रोलियम पदार्थ, सिमेन्ट, छड, पेन्ट, पाइप तथा फिटिङका सामानहरु लगायत हरेक बस्तु तथा सामग्रीमा अत्यधिक मूल्यवृद्धि गरेका छन । यो मुख्यबृद्धि मुलुकको इतिहासमै सबै भन्दा बढी भएको उपभोत्ताअधिकारकर्मीहरुको भनाई छ ।
उपभोत्ताअधिकारकर्मीहरुले बढ्दो मुल्यबृद्धि नियन्त्रणमा सरकार चुकेको बताएका छन । उनीहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस्ता दैनिक उपभोग्य बस्तुहरुको उत्पादन लागत र बजार मूल्यको अध्ययन अनुसन्धान नै गर्न नसकेको आरोप लगाएका छन ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य खाद्य बस्तुहरु विक्रेता, सिमेन्ट तथा छड व्यवसायी र खाने तेल व्यवसायीलाई पछिल्लो समय आफुले खरिद गरेको कच्चा पदार्थ, उत्पादन लागत र उत्पादित बस्तुको मूल्य सहितको लिखित विवरण उपलब्ध गराउन निर्देशन दिएपनि अहिलेसम्म व्यवसायीले भने यस्ता बस्तुहरुको सवै विवरण पेश गरेका छैनन् ।
विभागले भने प्राप्त विवरणको आधारमा अनुसन्धान गरिरहेको र सोही अनुसन्धानको प्रतिवेदन अनुसार कारबाही भईरहेको दावी गर्दै आएपनि उपभोक्ताले विभागको यस्तो दावीलाई पत्याउने कुनै आधार नै नभएको सम्बन्धीत सरोकारवाला एवं उपभोत्ता अधिकारकर्मीहरुको भनाई छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनभने राजनितिक क्षेत्रबाटै संरक्षण भएका व्यवसायी र बिचौलियाले मुल्यबृद्धि गरेको बताए । उनले राजनीतिक क्षेत्रबाटै अनुचित फाईदा लिने, कालाबजारीलाई संरक्षण गर्ने र आफै कालाबजारी गर्ने व्यक्ति नै सरकारको उच्च ठाउँ एवं मन्त्रीको कुर्सिमा पुग्ने प्रचलनका कारण पनि यस्ता अनुचित कार्य रोकिने भन्दा पनि त्यस्ता व्यक्तिहरुबाट थप मुल्यबृद्धि हुँदै आएको आरोप लगाए ।
उपभोक्ता अधिकारकर्मी महर्जनका अनुसार रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सुरु भएको छ । केही व्यवसायीले सामान लुकाउन थालेका छन् भने यहाँका औद्योगिक क्षेत्रका तेल उद्योगले आफुखुसी मूल्य बढाएका छन । मुल्य बढेपछि भनेको बेला यस्तो बस्तु नपाईएला वा अझै थप महँगिएला भनेर उपभोत्ताले पनि आवस्यक भन्दा बढी भण्डारण गरिरहेका छन । यसले पनि मुल्यबृद्धिलाई थप प्रोत्साहन भईरहेको उनको भनाई छ ।
रुस–युक्रेन झगडाले तोरी अभाव भएको भन्दै यहाँका उद्योगीले खाने तेलमा प्रतिलिटर ६० रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन । अन्य उपभोग्य बस्तुको पनि कृत्रिम अभाव भईसकेको छ । युक्रेन–रुस युद्धका बाछिटाले दैनिक उपभोग्य सामग्रीबाहेक पेट्रोलियम पदार्थ, सुन, डलरको भाउ, कोइला लगायत हरेक बस्तुमा मुल्यबृद्धि भएको छ । रुस–युक्रेन युद्धको प्रभावलाई बहाना बनाएर बिचौलियाहरुले अस्वभाविक रुपमा हरेक बस्तुमा मुल्य बढाउन थालेको उनको दावी छ । यसैगरि,कोइला अभावले सिमेन्ट उद्योग र इँटाभट्टा प्रभावित भएर उत्पादन लागत समेत बढेकाले अहिले आम उपभोक्ता गम्भिर मारमा परेको उनले बताए ।
नेपाल खुद्रा बजार व्यापार संघका पूर्व अध्यक्ष पवित्रकुमार बज्राचार्यले पनि अहिले रुस– युक्रेन युद्धलाई बहाना बनाएर थोक व्यापारि तथा बिचौलियाले दैनिक उपभोग्य बस्तुमा भारी मुल्यबृद्धि गरेको बताए । बज्राचार्यका अनुसार एक साता अघिसम्म १० लिटरको तोरी तेलको कार्टुनलाई तेल मिलबाट उठाउँदा २ हजार ८ सय रुपैयाँ पर्ने गरेकोमा अहिले सो कार्टुनमा उद्योगीले मुल्य बढाएर ३ हजार १ सय रुपैयाँ पु¥याएका छन । यसैगरि,एक साताअघि १० लिटरको सूर्यमुखी तेलको कार्टुनलाई २ हजार ३ सय रुपैयाँ पर्ने गरेकामा अहिले मुल्य बढेर उद्योगबाट उठाउँदा नै २ हजार ७ सय पुगेको छ । यसैगरि, २ हजार ३ सयमा पाइने पाम आयलको कार्टुनलाई पनि अहिले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सम्बन्धीत स्वदेशी तेल उद्योगीका अनुसार हाल यहाँका उद्योगलाई आवश्यक कच्चा तोरी र सूर्यमुखी युक्रेनबाट आयात हुन्थ्यो । रुसले युक्रेनलाई आक्रमण गर्न थालेदेखि नै तोरी र सूर्यमुखीको कच्चा पदार्थको आयात बन्द भएको छ । यही अवस्था कायम रहे अझै नेपाली बजारमा तोरी र सूर्यमुखी तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि हुँदै जाने छ ।
ति उद्योगीका अनुसार विश्व घटनाक्रमले पछिल्लो समय नेपाललाई सिधा प्रभाव पार्ने गरेको छ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि हाल विश्वमा हुने यस्ता घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । हालै रसियाले युक्रेनमा आक्रमण गरेपछि त्यसको बाछिटा नेपालमा पनि परेको उनको भनाई छ । उनले नेपाल जस्तो कृषि प्रधान देसमा पनि यस्ता दैनिक उपभोग्य बस्तुमा विदेशी आयातमै निर्भर रहनु परेका कारण पनि अहिले नेपालमा खाने तेल उद्योगदेखि इन्धन व्यापारसम्म नराम्रोति प्रभावित भएको बताए ।
विगत दुई सातादेखि सुरु भएको रुसको सैन्य आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनबाट कच्चा पदार्थ आउन बन्द भएका कारण हाल नेपालका स्वदेशी तेल उत्पादन गर्ने उद्योगहरू प्रभावित हुने भएका छन् । नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ । सूर्यमुखी र तोरीको दाना युक्रेनबाट आयात गरी नेपालका तेल उद्योगले प्रयोग गर्छन् ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा युक्रेनबाट १६ अर्ब रुपैयाँ भन्दा बढीको भटमास, कच्चा तोरी र सनफलावर तेलको कच्चा पदार्थ आयात भएको थियो । भन्सार विभागले जानकारि गराए अनुसार युक्रेनबाट नेपालमा तोरीका दाना, सूर्यमुखी र भटमासको क्रुड आयल र गहुँ आयात हुने गरेको छ । रसिया–युक्रेन युद्धका कारण पछिल्लो दुई साता भने नेपालमा तोरी र सनफ्लावरको दाना आयात हुन सकेको छैन । नेपाल आउने सूर्यमुखी तेलको क्रुड सबैभन्दा बढी युक्रेनबाट नै आउँछ । केही प्रतिशत मात्र रसिया र अस्ट्रेलियाबाट आउँछ । युक्रेनमा अन्य मुलुक भन्दा तोरी, भटमास र सूर्यमुखीको मूल्य केही सस्तो छ ।
चालु आवको वितेका सात महिनाको अवधी गत माघमसान्तसम्म मा युक्रेनबाट ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ हजार केजी तोरी तेलको कच्चा पदार्थ नेपाल भित्रिएको छ । सोही अवधीमा ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार केजी सूर्यमुखी तेलको क्रुड आयल आयात भएको छ । यसैगरि, ७९ करोड ४७ लाख रुपैयाँको ४८ लाख ४३ हजार केजी भटमास तेलको कच्चा पदार्थ र ३ करोड ७५ लाख रुपैयाँको १ लाख ८९ हजार केजी सनफ्लावरको दाना नेपाल आयात भएको भन्सार विभागले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च 
अमेरिका र युरोपेली राष्ट्रहरुले रुसबाट गरिने तेल आयातमा प्रतिबन्ध लगाउने भनेसँगै हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको छ । मंगलबार बे्रन्ट क्रुडले १२५ अमेरिकी डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यसैगरि, वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आई)ले पनि तेलको मुल्य १२० प्रति ब्यारलमा कारोबार गरेको छ । यो मूल्य विगत १४ वर्ष यताकै उच्च रहेको हो ।
गत २४ फेब्रुअरीमा रुसले युक्रेन बिरुद्ध विशेष सैनिक अपरेशन सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो । युद्ध सुरु गरेको भन्दै अमेरिका, युरोपियन देशहरु लगायतका मुलुकहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाउँदा हाल नेपाल लगायत सबैतिर तेलको मूल्यमा भारी वृद्धि भएको हो ।
रुस कच्चा तेल उत्पादनमा विश्वकै तेस्रो ठूलो राष्ट्र रहेको छ । रुसले युद्ध कायमै रहँदा पनि प्रति दिन ७० लाख व्यारल तेल अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको छ । तर, अन्य देशहरुले रुसले गर्ने तेल निर्यातमा प्रतिबन्ध लगाउने भनेसँगै हाल अन्य देसहरुमा तेलको अभाव सिर्जनाभएकाले कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको छ ।
यस्तो कमोडिटिज बजारका जानाकार एवं केडिया कमोडिटिजका निर्देशक अजय केडियाले रसिया–युक्रेन युद्ध नरोकिएसम्म कच्चा तेलको मूल्य अझै बढेर १५६ डलर प्रतिव्यारल देखि १८५ डलर प्रतिव्यारल सम्म हुन सक्ने आंकलन गरिएको बताए । विश्व बजारमै रुसबाट गरिने तेल आयातमा रोक लगाए कच्चा तेलको मूल्य २०० डलर प्रतिव्यारल पुग्न सक्ने अर्थ विश्लेषकहरुको भनाई छ । भर्खर मात्र रुसका उप–प्रधानमन्त्रीले समेत अब कच्चा तेलको मूल्य बढेर ३०० डलर प्रतिव्यारल पुग्न सक्ने चेतावनी दिएका छन् ।

नेपाली मुद्रा अहिलेसम्मकै कमजोर
अहिले नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको अमेरिकी मुद्रा (डलर) को बिक्री दर १२३.४४ रुपैयाँ र खरिददर १२२.८४ रुपैयाँ रहेको छ । यो भाउ अहिलेसम्मकै उच्च खरिद बिक्री दर हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा यस्तो बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकाले अहिले डलरको भाउ यसरी बढ्न गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रुस र युक्रेन युद्धको असरको कारण हाल भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर हुँदै गएको हो। यसले मुलुकको रेमिट्यान्स आय भने केही बढेर फाइदा पुगेको देखिएपनि अधिकाँश बस्तु आयातमै निर्भर हुनुपरेकाले डलरको भाउ अकासिएसँगै नेपालले ठुलो नोक्सानी खेप्नुपर्ने हुन्छ ।
डलरको भाउ बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा भने केही बढ्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।