logo

बल्ल बतासले मुख खोले, नारायणहिटीमा सेटिङ नभएको बतास अर्गनाइजेसनको स्पष्टोक्ति 

    1252   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का कुनै सेटिङको आधारमा नपाएको दावी गरेको छ । यसअघि मिडियासँग हत्तपत्त सम्पर्कमा नआउने र मुख नखोल्ने तथा प्रचारमा आउन नखोज्ने भिन्दै स्वभावका बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन ।

उनले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको ठेक्का कुनै प्रभाव र दबावमा पाएको होइन भन्ने कुरा सम्झौताको भाषाले नै स्पष्ट हुने बताए । ‘बतास अर्गनाइजेशनले कुनै प्रकारको प्रभाव वा दबाव सिर्जना गरिएको थिएन भन्नेकुरा सम्झौता पत्रमा उल्लेखीत भाषाले नै स्पष्ट पारिरहेको अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै जे–जसरी विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित, प्रशारित भइरहेका छन् ती समाचारहरुका शीर्षकदेखि व्यहोरासम्ममा पुरापुर भ्रम र झुट मात्र प्रस्तुत भएको यहाँहरुलाई स्पष्ट पार्न चाहन्छौं’ उनले बतासले आफ्नो विज्ञप्तिमा भनेका छन् ।
गोरखापत्र दैनिकमा प्रकाशित बोलपत्र आवहान सूचनाको आधारमा मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बीपीएस लिजिङ एण्ड म्यानेजमेन्ट प्रालि र नारायणहिटी दरबार संग्रहालयबीच २०७७ सालको १७ पुसमा सम्झौता गरेको बतासले जारि गरेको विज्ञप्तिमा उल्लेख छ । 
जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरुसहित क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ तीन करोडभन्दा बढी लगानी गरिसकेको उनले उल्लेख गरेका छन् । तर आफूहरुले बनाएको संरचना गैरकानुनी ढंगले नष्ट गर्ने काम भएको भन्दै उनले भने, ‘हामी माथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरुलाई अनुरोध गर्न चाहान्छौं ।’
बतासले नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले आफूहरुसँग सोधखोज नै नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन दिएको समेत बताएका छन् । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिनाथको धर्मशाला सञ्चालनसम्म आफूमाथि लगाइएको आरोपबारे यसरी मुख खोलेका हुन । 
उनले करिब २ हजार ५ सय शब्दको विज्ञप्ति जारी गर्दै आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका छन् ।

उनले आफ्ना सम्बन्धमा आएका विभिन्न ६ ठाउँको आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर सरकारले तोकेको कानुनी मापदन्डका रूपमा बलियो भएको दाबी समेत गरेका छन् ।
‘गत हप्तादेखि बतास अर्गनाइजेसनविरुद्ध विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यम, अनलाइन र टेलिभिजनहरूमा प्रकाशन÷प्रसारण भइरहेका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा जे–जस्तो ढंगले एकांगी, मनोगत, भ्रामक र कपोकल्पित समाचारहरू प्रकाशित भएका छन्, ती विषयमा हालसम्म यस अर्गनाइजेसनका कुनै पनि जिम्मेवार व्यक्तिहरूलाई आधिकारिक रूपमा सम्पर्क गरेर सत्य/तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरूले नगरेको हुनाले यो प्रेस विज्ञप्ति मार्फत तथ्य सार्वजनिक गर्नुपरेको हो’ सो विज्ञप्तिमा भनिएको छ ।
कतिपय सञ्चारमाध्यमका पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको यो पहिलो घटना नभएको भन्दै बतास समूहले यस घटनालाई अचम्मको विषयका रूपमा नलिएको जनाएको छ ।

‘यो प्रेस विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरूलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य विल्कुलै होइन । सो रूपमा बुझ्ने वा हाम्रो यो विज्ञप्तिलाई त्यसरी अथ्र्याउने काम नहोला भन्ने हाम्रो ठम्याई हो । तथापि, पत्रकारिताका आफ्नै मूल्य, मान्यता, नैतिकता र धर्म हुन्छ । कानुनले नै निर्दिष्ट गरिदिएका आचारसंहिता र सीमाहरू छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाइजेसन प्रति यहाँहरूले अन्यथा रूपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।