logo

मदिरा आयाताकर्ता अग्रवाल दाजुभाई डेढ अर्ब कुम्ल्याएर फरार, बैंकहरुले टाँसे यस्तो सूचना 

    996   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– एकपछि अर्को ठगिका प्रकरण बाहिरिने क्रमसँगै अहिले पुनः नेपालमा तीन दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएका अभिषेक अग्रवाल र अमित अग्रवाल झन्डै डेढ अर्ब रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । उनीहरुले ग्रीनलाईन, अभिअमि, भिन्याट स्टोर्स तथा मदिरा विक्री सेन्टर प्रालि लगायतका फर्म सञ्चालन गरि अहिले ती फर्मका संचालक अग्रवालद्वयले स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुसँग ठूलो मात्रामा कर्जा लिएर फरार भएको पाईएको छ । 
मदिरा आयात तथा विक्री कारोबारमा राम्रो जमेका बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग ठूलो रकम ऋण लिएर भागेको समाचार स्रोतको भनाई छ । स्रोतका अनुसार उनीहरुले बैंक तथा वित्तीय संस्था, सहकारी र व्यक्तिसँग गरी डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम उठाएर भागेका हुन् । 
उनीहरु ऋण लिएर भागेसँगै इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरुको व्यापार स्थलत तथा सम्पत्तिमा सूचना टाँस गरिसकेका छन् भने उनीहरुलाई ऋण दिएका अन्य बैंकहरुले पनि धमाधम सूचना टाँस्ने प्रक्रिया अघि बढाएका छन् ।
काठमाडौ लगायत देसका विभिन्न ठाउँमा जग्गा तथा अपार्टमेन्टमा फ्ल्याट खरिद गरेका अग्रवाल दाजु भाई हुन । जनकपुर निवासी उनीहरुको परिवार लगायत अन्य आफन्तहरु पनि भारतमा बसोबास गर्दै आएको समेत समाचार स्रोतले जानकारी दिएको छ । उनीहरुको मुख्य व्यवसाय भनेको मदिरा आयात तथा विदेशी मदिराहरु बिक्री नै थियो । उनीहरुले अभिअमि, ग्रीनलाईन लगात मदिरा स्टोर्स मार्फत नै आफ्नो ठूलो व्यवसाय संचालन गर्दै आएका थिए । 
समाचार स्रोतका अनुसार उनीहरुलाई एभरेष्ट बैंकले २२ करोड रुपैयाँ कर्जा दिएको थियो भने इन्भेष्टमेन्ट बैंकले २५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । तर, यस विषयमा विस्तृतमा बुझ्न खोज्दा हाल यि दुबै बैंकले जानकारी दिन चाहेनन् । यसैगरी, मेगा बैंकले पनि यि फरार भएका व्यक्तिहरुलाई ठूलो मात्रामा कर्जा लगानी गरेको बुझिएको छ ।
हाल अग्रवाल दाजुभाईले आफुहरुबाट कर्जा लिएको र उनीहरुको नाममा रहेको सम्पत्तिमा आफ्नो हक रहेको भन्दै सूचना टाँस गरेका एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले ग्रीनलाईन सेन्टर लगातय मदिरा आउटलेटमा चाबी लगाएर सेक्युरिटी गार्डसमेत राखेका छन् । उनीहरुले गत बुधबारदेखि नै ति मदिरा विक्री सेन्टर तथा सम्पक्तिमा चाबी लगाएर सूचना टाँस गर्दै सो स्टोर सुरक्षाका लागि सेक्युरिटी गार्ड समेत राखेका हुन् । 
त्यहाँ खटिएका सेक्युरिटी गार्डका अनुसार पछिल्लो समय नेपाल बंगलादेश बैंक र नेपाल बैंक समेत अग्रवालद्वयले विभिन्न बैंकबाट ठूलो मात्रामा कर्जा लिएको भन्दै बुझ्न आएका छन् ।
बैंक तथा वित्तीय संस्था र व्यक्तिको ठूलो मात्रामा कर्जा लिएर भागेका अग्रवालद्वयले आफ्नो डिस्ट्रीलरीसमेत बिक्री गरेका छन् । उनीहरुले केही समयअघि मात्रै सागर डिष्ट्रीलरी ब्रोकर नम्बर ५८ का संचालकलाई बिक्री गरेका थिए । उनीहरु कतिपय आफ्नो सम्पतीसमेत बिक्री गरेर भागेको समेत समाचार स्रोतले जानकारी दिएको छ ।
बैंकहरुले अग्रवालाई धितोको आधारमा भन्दा पनि व्यवसायको आधारमा कर्जा लगानी गरेका कारण उनीहरु भाग्दा बैंकहरु नै समस्या पर्ने देखिएको छ । अग्रवालले बैंकबाट व्यवसायको आधारमा कर्जा लिएको कारण उनीहरुले कर्जा लिदाँ कर्जाको तुलनामा ज्यादै न्यून आकारमा धितो राखेका छन् । यदि बैंकहरुले अग्रवालबाट कर्जा असुली गर्न नसकेको खण्डमा उनीहरुमाथि कर्जा लगानी गर्ने बैंकहरु नै समस्यामा पर्ने सम्भावना उच्च रहको समाचार स्रोतले जानकारी दिएको छ । 
समाचार स्रोतका अनुसार उल्लेखित बैंकहरुले अग्रवालद्वयको नाममा करिव १ अर्ब रुपैयाँ कर्जा दिएका छन् । अग्रवाल भागेसँगै उनीहरुलाई ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले फसेको कर्जा रकम उठौतीकालागि दौडधुप गर्न थालेका छन् । विशेषगरी एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले अग्रवालको सम्पत्तिमा सूचना टाँस गर्दै हिडेका छन् । दुबै बैंकले कान्तिपथमा रहेको ग्रीनलाईन गायतका स्थानमा संयुक्त रुपमा समेत सूचना टाँस गरेका छन् । 
उनीहरुले अग्रवालको ज्ञानेश्वरस्थित करिव १७ आना जग्गामा बनेको घर, अपार्टमेन्ट लगायतका स्थानमा सकेत सूचना टाँस गरेका छन् । अग्रवालले बैंकसँग धितोभन्दा बढी व्यवसायको आधारमा बढी कर्जा लिएको बुझिएको छ । कतिपय बैंकले कर्जाको एक तिहाई पनि धितोसमेत नराखेको सो समाचार स्रोतले जानकारी दिएको छ । 
यदि उनीहरुले अबका दिनमा अग्रवाललाई पक्राउ गरी कर्जा उसुली गर्न नसकेको खण्डमा बैंकको लगानीसमेत डुब्ने सम्भावना उच्च रहेको छ । विषेगरी बैंकहरुले अग्रवाललाई प्लेज लोन दिएकाले पनि कर्जा उठौतीमा समस्या उत्पन्न हुने देखिएको समेत समाचार स्रोतको दावी छ ।
यसैगरी, उनीहरुले सहकारीबाट समेत कमसल धितो तथा व्यवसायको आधारमा कर्जा लिएको समाचार स्रोतले जानकारी दिएको छ । त्यसैगरि, उनीहरुले पछिल्लो समय गलत मनशायले बैंकमा धितोमा रहेको जग्गा तथा फ्ल्याट समेत बैंकबाट फुकुवा गरेर बिक्री गर्छु भन्दै एउटै जग्गाका लागि धेरैजनासँग बैनावापत ठूलो रकम असुली गरेको बुझिएको छ । हाल त्यस्ता व्यक्तिहरु समेत बैंकले सूचना टास गरेसँगै दैनिक रुपमा बुझ्न आउन थालेका छन् । यसैगरि, उनीहरुले मिटर व्याजमा समेत करोडौ रुपैयाँ उठाए भागेको सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ । 
सहकारी, जग्गाको बैना र मिटरब्याजीमा मात्रै करिव १ अर्ब रुपैयाँको हाराहारीमा ऋण लिएको हुनसक्ने समाचार स्रोतको दावी छ । अग्रवालले गलत मनसायबाटै विभिन्न बैंक, सहकारी र व्यक्तिमार्फत ठूलो रकम ऋण लिएको र त्यसरी कर्जा लिएको रकम देशबाहिर लगेको हुनसक्ने सम्बद्ध स्रोतको दावी रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।