logo

महानगरद्धारा कर नतिर्ने ५२ करदाताको नाम सार्वजनिक 

    2490   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– काठमाडौँ महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नामवली सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आज नाम सार्वजनिक गर्दै ३० दिन भित्र करको विवरण, कर र जरिवाना बुझाउन ताकेता गरेको हो ।

राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । नाम सार्वजनिक गरिएकाहरुलाई लिखित मौखिक सूचना जारी गरिएको छ ।

कर नतिर्ने करदाताहरुमा  व्यवसायी अजयराज सुमार्गीदेखि चिसो पेय पदार्थ पेप्सी उत्पादन गर्ने वरुण वेभरेजलगायत ५२ व्यक्ति तथा संस्थाहरु रहेका छन् ।

राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कर नतिर्ने करदाताको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने बताए बताए । 

अधिकारीकाले यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएर समय माग गरी कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको बताए । तर केही करदाता अझै सम्पर्कमा आएका छैनन् ।

कर नतिर्ने करदाताहरुको नामवली 

क्र.सं   करदाताको नाम   वडा नं.   ठेगाना
१    रविन्द्र बहादुर मल्ल    १     लालदरबार
२    दिव्य शम्सेर ज.व       १     दरवारमार्ग
३    जय नेपाल हल          १     दरवारमार्ग
४    इम्पेरियल अपार्टमेन्ट  १    नक्साल
५    कान्तिपुर होटल         १    दरवारमार्ग
६    शिशु अर्याल              २    लाजिम्पाट
७    होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय)    २    लाजिम्पाट
८    सिटी होटल्स    २    लाजिम्पाट
९    शुभकामना हाउजिङ डेभलर्पस प्रा.ली    ४    भाटभटेनी
१०    ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस)    ७    चावहिल
११    गोपीकृष्ण मुभिज प्रा.लि.    ७    गोपीकृष्ण नगर
१२    झिग्मी सिग्मी पर्वल विष्ट    ७    चुच्चेपाटी
१३    काठमाडौं जेसिस    ११    थापाथली
१४    खाद्य संस्थान    ११    थापाथली
१५    सिग्नेचर अपार्टमेन्ट    १२    टेकु
१६    अम्बे कम्प्लेक्स    १२    टेकु
१७    टाउन डेभलोपर्स प्रा.लि.    १२    टेकु
१८    राजेन्द्र कुमार कांवरा    १३    रेडक्रस मार्ग
१९    ब्लु बर्ड ईन्भेष्टमेन्ट    १३    रेडक्रस मार्ग
२०    होटल प्लाटिनियम    १३    सोल्टीमोड
२१    बुद्ध मल    १६    माछापोखरी
२२    सिद्धार्थ बनस्थली स्कुल    १६    बनस्थली
२३    जनमैत्री अस्पताल    १६    बालाजु चोक
२४    ब्याट्री कारखाना    १६    बालाजु
२५    होटल मर्स्याङ्दी    १६    ठमेल
२६    ह्वाईट फिल स्कूल    १७    खुसिवु, नयाँबजार
२७    प्रदीप रत्न ताम्राकार , उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार    २०    २०, २२, २५, वडामा रहेको घर
२८    आदर्श नगर बिजनेश प्रा.लि.    २२    पिपुल्स प्लाजा
२९    बसुन्धरा तुलाधर    २२    न्यूरोड
३०    रञ्जना ट्रेड सेन्टर    २२    न्यूरोड
३१    केशा प्रोपर्टिज प्रा.लि    २२    न्यूरोड
३२    बैशाली होटल प्रा.लि.    २६    ठमेल
३३    नेपाल स्काउट    २६    लैनचौर
३४    साझा भण्डार    २७    भोटाहिटी
३५    राष्ट्रिय नाँचघर    २७    जमल कान्तिपथ
३६    चेम्बर भवन    २७    जमल कान्तिपथ
३७    कर्मचारी संचयकोष भवन    २७    ठमेल, त्रिदेवीमार्ग
३८    नेपाल रेडक्रस सोसाइटी    २८    प्रदर्शनी मार्ग
३९    नेपाल विद्युत प्राधिकरण    २८    पुरानो बसपार्क
४०    नेशनल ट्रेडिङ्ग लिमिटेड    २८    रामशाह पथ
४१    नेपाली जामे मस्जिद    २८    दरवारमार्ग
४२    प्रवीण बहादुर के.सी.    ३०    शान्ता प्लाजा, ज्ञानेश्वर
४३    मैतीदेवी प्लाजा    ३०    डिल्लीबजार सडक, मैतीदेवी
४४    भरत गिरी (युनिभर्सल स्कूल)    ३०    डिल्लीबजार सडक, मैतीदेवी
४५    गगन विर सिंह कंसाकार    ३०    कम्प्युटर बजार, पुतलीसडक
४६    के.एल.टावर    ३०    ज्ञानेश्वर
४७    एपोलो प्रा.लि.    ३०    डिल्लीबजार सडक, मैतीदेवी
४८    सिटी सेन्टर    ३०    कमलपोखरी
४९    अजय राज सुमार्गी पराजुली    ३१    बानेश्वर
५०    शिशु अर्याल (अल इन मार्ट)    ३१    मिनभवन
५१    वरुण वेभरेज प्रा.लि.    ३२    पेप्सीकोला काठमाडौं
५२    रिद्धिसिद्धि डेभलपर्स    ३२    तीनकुने 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।