logo

महानगरद्धारा कर नतिर्ने ५२ करदाताको नाम सार्वजनिक 

    3466   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– काठमाडौँ महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नामवली सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आज नाम सार्वजनिक गर्दै ३० दिन भित्र करको विवरण, कर र जरिवाना बुझाउन ताकेता गरेको हो ।

राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । नाम सार्वजनिक गरिएकाहरुलाई लिखित मौखिक सूचना जारी गरिएको छ ।

कर नतिर्ने करदाताहरुमा  व्यवसायी अजयराज सुमार्गीदेखि चिसो पेय पदार्थ पेप्सी उत्पादन गर्ने वरुण वेभरेजलगायत ५२ व्यक्ति तथा संस्थाहरु रहेका छन् ।

राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कर नतिर्ने करदाताको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने बताए बताए । 

अधिकारीकाले यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएर समय माग गरी कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको बताए । तर केही करदाता अझै सम्पर्कमा आएका छैनन् ।

कर नतिर्ने करदाताहरुको नामवली 

क्र.सं   करदाताको नाम   वडा नं.   ठेगाना
१    रविन्द्र बहादुर मल्ल    १     लालदरबार
२    दिव्य शम्सेर ज.व       १     दरवारमार्ग
३    जय नेपाल हल          १     दरवारमार्ग
४    इम्पेरियल अपार्टमेन्ट  १    नक्साल
५    कान्तिपुर होटल         १    दरवारमार्ग
६    शिशु अर्याल              २    लाजिम्पाट
७    होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय)    २    लाजिम्पाट
८    सिटी होटल्स    २    लाजिम्पाट
९    शुभकामना हाउजिङ डेभलर्पस प्रा.ली    ४    भाटभटेनी
१०    ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस)    ७    चावहिल
११    गोपीकृष्ण मुभिज प्रा.लि.    ७    गोपीकृष्ण नगर
१२    झिग्मी सिग्मी पर्वल विष्ट    ७    चुच्चेपाटी
१३    काठमाडौं जेसिस    ११    थापाथली
१४    खाद्य संस्थान    ११    थापाथली
१५    सिग्नेचर अपार्टमेन्ट    १२    टेकु
१६    अम्बे कम्प्लेक्स    १२    टेकु
१७    टाउन डेभलोपर्स प्रा.लि.    १२    टेकु
१८    राजेन्द्र कुमार कांवरा    १३    रेडक्रस मार्ग
१९    ब्लु बर्ड ईन्भेष्टमेन्ट    १३    रेडक्रस मार्ग
२०    होटल प्लाटिनियम    १३    सोल्टीमोड
२१    बुद्ध मल    १६    माछापोखरी
२२    सिद्धार्थ बनस्थली स्कुल    १६    बनस्थली
२३    जनमैत्री अस्पताल    १६    बालाजु चोक
२४    ब्याट्री कारखाना    १६    बालाजु
२५    होटल मर्स्याङ्दी    १६    ठमेल
२६    ह्वाईट फिल स्कूल    १७    खुसिवु, नयाँबजार
२७    प्रदीप रत्न ताम्राकार , उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार    २०    २०, २२, २५, वडामा रहेको घर
२८    आदर्श नगर बिजनेश प्रा.लि.    २२    पिपुल्स प्लाजा
२९    बसुन्धरा तुलाधर    २२    न्यूरोड
३०    रञ्जना ट्रेड सेन्टर    २२    न्यूरोड
३१    केशा प्रोपर्टिज प्रा.लि    २२    न्यूरोड
३२    बैशाली होटल प्रा.लि.    २६    ठमेल
३३    नेपाल स्काउट    २६    लैनचौर
३४    साझा भण्डार    २७    भोटाहिटी
३५    राष्ट्रिय नाँचघर    २७    जमल कान्तिपथ
३६    चेम्बर भवन    २७    जमल कान्तिपथ
३७    कर्मचारी संचयकोष भवन    २७    ठमेल, त्रिदेवीमार्ग
३८    नेपाल रेडक्रस सोसाइटी    २८    प्रदर्शनी मार्ग
३९    नेपाल विद्युत प्राधिकरण    २८    पुरानो बसपार्क
४०    नेशनल ट्रेडिङ्ग लिमिटेड    २८    रामशाह पथ
४१    नेपाली जामे मस्जिद    २८    दरवारमार्ग
४२    प्रवीण बहादुर के.सी.    ३०    शान्ता प्लाजा, ज्ञानेश्वर
४३    मैतीदेवी प्लाजा    ३०    डिल्लीबजार सडक, मैतीदेवी
४४    भरत गिरी (युनिभर्सल स्कूल)    ३०    डिल्लीबजार सडक, मैतीदेवी
४५    गगन विर सिंह कंसाकार    ३०    कम्प्युटर बजार, पुतलीसडक
४६    के.एल.टावर    ३०    ज्ञानेश्वर
४७    एपोलो प्रा.लि.    ३०    डिल्लीबजार सडक, मैतीदेवी
४८    सिटी सेन्टर    ३०    कमलपोखरी
४९    अजय राज सुमार्गी पराजुली    ३१    बानेश्वर
५०    शिशु अर्याल (अल इन मार्ट)    ३१    मिनभवन
५१    वरुण वेभरेज प्रा.लि.    ३२    पेप्सीकोला काठमाडौं
५२    रिद्धिसिद्धि डेभलपर्स    ३२    तीनकुने 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।