logo

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाकाबाट १८ अर्ब ३४ करोड भन्दा बढीको आयात

चीनमा निर्मित सवारी साधानको आयातमा उल्लेख्य वृद्धि

    1303   पटक पढिएको

७ साउन/अर्थ र व्यापार– नेपालको उत्तरीनाका रसुवागढीबाट आर्थिक वर्ष २०७७/७८ कूल रु १८ अर्ब ३४ करोड ५४ लाख ६१ हजार बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको छ । 

प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आयातित सामग्रीको मापदण्डअनुरूप मूल्याङ्कनबाट भन्सार, अन्तःशुल्कका साथै मूल्य अभिवृद्धि करसमेतका तीन शीर्षकबाट गत आव रु तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार राजश्व संकलन भएको बताए । 

अघिल्लो आवमा आठ अर्ब २७ करोड ४५ लाख असुली भएकोमा गत आवमा कोरोना महामारीको कारण आयात परिमाण न्यून हुँदा भन्सार शुल्कबाट उठ्ने राजस्वमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा चीनमा निर्मित सवारी साधानको आयातमा भने उल्लेख्य वृद्धि भएको भन्सार कार्यालय रसुवाले जनाएको छ । 

रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार गत आवमा सामान बोक्ने ठूला टिपर १३०, किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, ३० सिट क्षमताको चार वटा विद्युतीय बस, एम्बुलेन्स पाँच, जिप, ५० कार र भ्यान नेपाल भित्रिएको बताए ।

आयात भएका अन्य सामग्रीमा स्वास्थ्यका सामग्री, तयारी पोशाक, जुत्ता तथा चप्पल, ब्याग, मोबाइलका ब्याट्री, स्याउ, ओखर एवं लसुनलगायत विविध वस्तु रहेको रसुवा भन्सार कार्यलयले जनाएको छ ।

त्यसैगरी, नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणको समेत आयातमा बृद्धी भएको छ ।

विगतमा दैनिक ५० कन्टेनरभन्दा बढी माल सामग्री आयात हुने नाकामा अहिले १५ कन्टेनर मात्र आयात भइरहेको रसुवा भन्सार कार्यलयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।