logo

उपनिर्वाचनका १० रोचक तथ्य !

    1470   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार - ३७ जिल्लामा भएको उपनिर्वाचनबाट एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक नगरप्रमुख, चार गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी ५२ जनप्रतनिधि निर्वा्चित भएका छन् । उपनिर्वाचन भएका क्षेत्रका ४ लाख ५४ हजार ११४ मतदातामध्ये २ लाख ९७ हजार १३७ जनाले आफ्नो मताधिकार प्रयोग गरे ।

उपनिर्वाचनका केही रोचक तथ्य यस्ता छन् :

सर्वा्धिक मत : धरान उपमहानगरपालिकामा प्रमुखमा निर्वा्चित नेपाली कांग्रेसका तिलक राईले ३३७ उम्मेदवार मध्ये सर्वा्धिक मत ल्याए । उनले २६ हजार ७०९ मत प्राप्त गरे ।

सबैभन्दा कम मत : निर्वा्चित ५२ मध्ये थवाङ गाउँपालिका–१ का वडाध्यक्ष जनकबहादुर बुढा मगर सबैभन्दा थोरै मत ल्याएर निर्वा्चित भए । उनले कुल १७४ भोट पाए ।

सर्वा्धिक मतान्तर : कास्की–२ बाट निर्वा्चित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराई ८ हजार ४०३ मतान्तरले निर्वा्चित भइन् । विद्याले २४ हजार ३९४ र उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका खेमराम पौडेलले १८ हजार ९९१ मत प्राप्त गरेका थिए ।

कम मतान्तर : धरान–७ को वडाध्यक्षमा जीवन सुवेदी एक मत अन्तरले विजयी भए । उनले ६२२ र कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरे । कांग्रेस पुनः मतगणनाको माग र्गयो । तर, सुबेदीकै जित सदर भयो ।

वडाध्यक्षमा बढी मत : वडाध्यक्षमा निर्वा्चित ४३ जनामध्ये, भरतपुरमा महानगरपालिका–१६ बाट निर्वा्चित नेपाली कांग्रेसका अमृतराज हमालले सर्वा्धिक मत पाए । उनले तीन हजार १८३ मत ल्याएका थिए । यो मत मकालु गाउँपालिका अध्यक्ष र खर्पुनाथ गाउँपालिकाकी उपाध्यक्षले प्राप्त गरेको मतभन्दा बढी हो ।

खसेको कम मत (प्रतिशतमा) : रोल्पाको थवाङ–१ मा जम्मा १६.४ प्रतिशत मत खस्यो । यो वडामा १२७४ मध्ये जम्मा २०९ जनाले मताधिकार प्रयोग गरे । जस मध्ये ९ मत बदर भयो । नेकपाले १७४ र कांग्रेसले २६ भोट पायो ।

खसेको बढी मत (प्रतिशतमा) : बैतडीको खर्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ८५ प्रतिशतले मतदान गरे । ३ हजार ३८७ मध्ये २ हजार ८६९ जनाले मतदान गरेका थिए ।

बढी उमेरकी मतदाता : बैतडीको पुर्चौडी मावि मतदान केन्द्रमा ९९ वर्षीय विरुवा धानुकले मतदान गरिन् । निर्वाचन आयोगका अनुसार उनी सबैभन्दा बढी उमेरकी मतदाता हुन् ।

विजयी बागी : प्युठानको ऐरावती गाउँपालिका– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भीमेशकुमार घर्ती मगर ८५५ मत ल्याएर निर्वा्चित भए । उनले नेकपा–जनमोर्चा गठबन्धनका उम्मेदवार भक्तबहादुर विश्वकर्मा्विरुद्ध बागी उम्मेदवारी दिएका थिए । विश्वकर्माले ५०४ र कांग्रेसका भुपाल जीसीले ३५६ भोट पाए ।

शून्य मत : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नुर मोहम्मद मनिहार र १८ जना स्वतन्त्र उम्मेदवारले एक मत पनि ल्याउन सकेनन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।