logo

उपनिर्वाचनका १० रोचक तथ्य !

    799   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार - ३७ जिल्लामा भएको उपनिर्वाचनबाट एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक नगरप्रमुख, चार गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी ५२ जनप्रतनिधि निर्वा्चित भएका छन् । उपनिर्वाचन भएका क्षेत्रका ४ लाख ५४ हजार ११४ मतदातामध्ये २ लाख ९७ हजार १३७ जनाले आफ्नो मताधिकार प्रयोग गरे ।

उपनिर्वाचनका केही रोचक तथ्य यस्ता छन् :

सर्वा्धिक मत : धरान उपमहानगरपालिकामा प्रमुखमा निर्वा्चित नेपाली कांग्रेसका तिलक राईले ३३७ उम्मेदवार मध्ये सर्वा्धिक मत ल्याए । उनले २६ हजार ७०९ मत प्राप्त गरे ।

सबैभन्दा कम मत : निर्वा्चित ५२ मध्ये थवाङ गाउँपालिका–१ का वडाध्यक्ष जनकबहादुर बुढा मगर सबैभन्दा थोरै मत ल्याएर निर्वा्चित भए । उनले कुल १७४ भोट पाए ।

सर्वा्धिक मतान्तर : कास्की–२ बाट निर्वा्चित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराई ८ हजार ४०३ मतान्तरले निर्वा्चित भइन् । विद्याले २४ हजार ३९४ र उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका खेमराम पौडेलले १८ हजार ९९१ मत प्राप्त गरेका थिए ।

कम मतान्तर : धरान–७ को वडाध्यक्षमा जीवन सुवेदी एक मत अन्तरले विजयी भए । उनले ६२२ र कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरे । कांग्रेस पुनः मतगणनाको माग र्गयो । तर, सुबेदीकै जित सदर भयो ।

वडाध्यक्षमा बढी मत : वडाध्यक्षमा निर्वा्चित ४३ जनामध्ये, भरतपुरमा महानगरपालिका–१६ बाट निर्वा्चित नेपाली कांग्रेसका अमृतराज हमालले सर्वा्धिक मत पाए । उनले तीन हजार १८३ मत ल्याएका थिए । यो मत मकालु गाउँपालिका अध्यक्ष र खर्पुनाथ गाउँपालिकाकी उपाध्यक्षले प्राप्त गरेको मतभन्दा बढी हो ।

खसेको कम मत (प्रतिशतमा) : रोल्पाको थवाङ–१ मा जम्मा १६.४ प्रतिशत मत खस्यो । यो वडामा १२७४ मध्ये जम्मा २०९ जनाले मताधिकार प्रयोग गरे । जस मध्ये ९ मत बदर भयो । नेकपाले १७४ र कांग्रेसले २६ भोट पायो ।

खसेको बढी मत (प्रतिशतमा) : बैतडीको खर्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ८५ प्रतिशतले मतदान गरे । ३ हजार ३८७ मध्ये २ हजार ८६९ जनाले मतदान गरेका थिए ।

बढी उमेरकी मतदाता : बैतडीको पुर्चौडी मावि मतदान केन्द्रमा ९९ वर्षीय विरुवा धानुकले मतदान गरिन् । निर्वाचन आयोगका अनुसार उनी सबैभन्दा बढी उमेरकी मतदाता हुन् ।

विजयी बागी : प्युठानको ऐरावती गाउँपालिका– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भीमेशकुमार घर्ती मगर ८५५ मत ल्याएर निर्वा्चित भए । उनले नेकपा–जनमोर्चा गठबन्धनका उम्मेदवार भक्तबहादुर विश्वकर्मा्विरुद्ध बागी उम्मेदवारी दिएका थिए । विश्वकर्माले ५०४ र कांग्रेसका भुपाल जीसीले ३५६ भोट पाए ।

शून्य मत : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नुर मोहम्मद मनिहार र १८ जना स्वतन्त्र उम्मेदवारले एक मत पनि ल्याउन सकेनन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।