logo

मौद्रिक नीतिमा स्प्रेड दर ५ प्रतिशतबाट ४.८ प्रतिशतमा झारिने, केही व्यवस्थाले निरन्तरता पाउँदै

    1714   पटक पढिएको


२६ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्न लागिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा स्प्रेड दर घटाउने भएको छ ।

 नेपाल राष्ट्र बैंकले पाँच बर्षपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाउने भएको हो । पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.८ प्रतिशतमा झार्न लागिएको हो ।

राष्ट्र बैंकले २०७० असोज २४ गतेबाट पहिलो पटक स्प्रेड दर कार्यान्वयमा ल्याएको थियो ।

बैंकहरुले स्प्रेड दरलाई गम्भिर रुपमा नलिइ मनपरी गर्न थालेपछि राष्ट्र बैंकले २०७४ फागुन २८ गते कारवाही गरिने निर्देशनसमेत जारी गरेको थियो । त्यसपछि चैतको वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये तीन वटाले पाँच प्रतिशतभन्दा माथि स्प्रेडमा काम गरेको फेला परेको थियो ।

बैंकले चालु वर्षकै मौद्रिक नीतिमा पनि स्प्रेड दर घटाउने घोषणा गरेपनि घटाएर कतिमा झार्ने उल्लेख गरेको थिएन। यसपाली भने ’पाँच बर्षे वित्तीय क्षेत्र विकास रणनीति’ अनुसार स्प्रेड दर ४.८ प्रतिशतमा झार्ने घोषणा गर्न लागेको छ । 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बैंकहरुको नाफा उच्च भएको भन्दै ब्याज दर नियन्त्रणका लागि स्प्रेड दर घटाउन राष्ट्र बैंकलाई दवाव दिएको थियो । 

स्प्रेडका बारेमा बाणिज्य बैंकहरुले नबोले पनि विकास बैंकहरुले ६ प्रतिशत पुर्याउन माग गर्दै आएका थिए । लघुवित्त संस्थाहरुको व्याजमा लगाइएको अंकुसलाई फुकुवा गर्ने पक्षमा राष्ट्र बैंक छ । सरकारी दबाबमा राष्ट्र बैंकले लघुवित्तहरुले १८ प्रतिशतभन्दा बढीमा ऋण दिन नपाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारको ब्याज दरलाई सुविधाजनक अवस्थामा पुर्याउन पनि केही नीतिहरु लिने भएको छ। खासगरी आधार ब्याज दरमा जोडिने प्रिमियम ब्याजका बारेमा राष्ट्र बैंकले बोल्ने छ ।

राष्ट्र बैंकले शेयर धितो कर्जाका बारेमा पनि केही व्यवस्था गर्ने छ। दुईमध्ये एक विकल्प अपनाएर शेयर लगानीकर्ताहरुको ’मार्जिन कल’ को समस्या संवोधन गर्ने पक्षमा राष्ट्र बैंक छ। यसबारेमा अर्थमन्त्रीसँग कुराकानी गर्ने पक्षमा राष्ट्र बैंक छ।

राष्ट्र बैंकले संस्थापक निक्षेपको हकमा पनि संवोधन गर्ने छ। अहिले कुल निक्षेपको ४५ प्रतिशत मात्र संस्थागत निक्षेप लिन पाइने ब्यवस्था छ। यसमा एउटै संस्थाबाट निश्चित प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था गर्न लागिएको छ।

यस्तै, राष्ट्र बैंकले घरजग्गा धितोमा दिइने ऋण, गाडी, रियलस्टेटलगायत क्षेत्रमा दिइने ऋणमा कडाइ गर्दैछ भन्ने चर्चा चलिरहेको सन्दर्भमा राष्ट्र बैंकका उच्च अधिकारीहरुका अनुसार, चालु मौद्रिक नीतिमा भएका ब्यवस्थाभन्दा थप कडिकडाउ गर्ने पक्षमा राष्ट्र बैंक नभएको बताए । 

गाडी कर्जा ६५ बाट ५० मा झार्ने चर्चा चलिरहँदा मौद्रिक नीति लेखनमा संलग्न स्रोतहरुले यस बारेमा छलफलै नभएको बताएका छन् ।

निजी क्षेत्रलाई सुन आयात गर्न दिने नीति पनि राष्ट्र बैंकले ल्याउँदै छैन । बाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने ब्यवस्थाले निरन्तरता पाउने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।