logo

‘द अल न्यू स्यान्ट्रो’ भ्यालेन्टाइन डेदेखि नेपाली बजारमा ल्याइने

    3534   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - भ्यालेन्टाइन डेको अवसर पारेर हुन्डाइ गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘स्यान्ट्रो’ गाडीको नयाँ संस्करण ‘द अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार यो गाडीको सुरुवाती मूल्य २४ लाख रुपैयाँ छ । २७ लाख रुपैयाँसम्म यसको मूल्य पर्छ ।

म्यानुअल गियर सिस्टम जडान गरिएको द अल न्यू सेन्ट्रो पुरानो संस्करणको तुलनामा थप आरामदायी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडीमा पाँचवटा गियर छन् । चालक र यात्रुलाई आरामदायी बनाउनका लागि सीट लगायतका संरचना थप फराकिलो बनाइएको छ । गाडीको अगाडि भागमा फग ल्याम्प जडान गरिएको छ भने गाडीमा हाइ मौन्टेड ‘स्टप ल्याम्प’ मा पाँचवटा वल्ब जडान गरिएको कारण चालकले ब्रेक लगाउँदा पछाडिका सवारीचालकले छिट्टै थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।

‘किलेस इन्ट्रि’ सुविधा रहेको गाडीमा प्रवेश गर्दा सवारीधनीले चाबीमा रहेको बटन क्लिक गरेकै भरमा ढोका खोल्न सक्नेछन् । गाडीको ढोका खोल्नका लागि राखिएको ‘डोर ह्याण्डल’ को रङ र गाडीको रङ एउटै भएको कारण यसले ग्राहकलाई थप आकर्षि गर्ने कम्पनीको दाबी छ । अघिल्लो भागमा समावेश गरिएको ‘जेड’ आकारले गाडीलाई स्पोर्टेज र डाइनामिक लुक्स दिइएको छ । मोड्न अथवा पार्किङ सहज बनाउनका लागि गाडीमा ‘थ्री सिक्स्टी डीग्री’ जुम इन र आउटको व्यवस्था राखिएको छ । प्रविधीमैत्री रहेको गाडीमा अडियो रिमोट कन्ट्रोलका लागि एण्ड्रोइड अटो सहितको आइब्लु स्मार्ट फोन एप र एप्पल कारप्ले सुविधा जडान गरिएको छ । यसका लागि १७.६४ सेन्टिमिटरको टच स्क्रिन जडान गरिएको कम्पनीले जनाएको छ । 

१.१ लिटर पेट्रोल इन्जिनयुक्त गाडीमा १०.१ केजीरएम को टर्कपावर र ४५ सय आरपीएम ’रिभोलुसन पर मिनेट’ जडान गरिएको छ । चारवटा सिलिण्डर र १२ वटा भल्भ जडान गरिएको न्यु स्यान्ट्रोको अगाडि डिस्क ब्रेक र पछिल्लो भागमा ड्रम ब्रेक जडान गरिएको छ । गाडीमा ३५ लिटर क्षमताको ट्यांकी जडान गरिएको छ । हाइ स्ट्रेन्थ स्टिल जडान गरिएको गाडी सुरक्षाको हिसाबले मजबुत रहेको कम्पनीको दाबी छ । यात्रु र गाडीको सुरक्षालाई मध्यनजर गर्दै गाडीमा रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामरा जडान गरिएको छ भने स्पीड सेन्सी अटोडोर लक अनलक सिस्टम जडान गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।