logo

नाडा अटो शोको तयारी पूरा, प्रदर्शनीमा ५५ ब्रान्डका सवारीसाधन राखिने

    669   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– अटो व्यवसायीहरूको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो–२०२४’को तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले बुधबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
नाडाले अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्ने उदेस्यले यस मेला आयोजना गर्न लागेको हो। मेला आगामी ११ देखि १६ भदौसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ।
मेलामा २४ वटा चारपांग्रे सवारी साधनका ब्रान्ड, १९ वटा दुई पांग्रे सवारी साधनका ब्रान्ड र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड प्रदर्शन गरिने नाडा अटो शोका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी दिए।
बरालका अनुसार ३३ कम्पनीका लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट पनि मेलामा रहनेछन्। यसैगरी, मेलामा ७ वटा वित्तीय संस्थाले स्टल राख्ने तयारी भएको छ। उनले सो मेलामा ९५ प्रदर्शकले १३० वटा स्टलमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्ने जानकारी दिए ।
नाडा अटो शो यसपालि विगतमा भन्दा भव्य हुने नाडाले जनााएको छ । नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो मा अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि प्रदर्शन हुने र त्यसले अर्थतन्त्रमा वृद्धि गर्न मञ्चको रुपमा काम गर्ने बताए । उनले मेलाले अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्ने विश्वास लिएको बताए।
‘यस वर्षको प्रदर्शनीले आर्थिक गतिविधिलाई बढावा मात्र दिने छैन, राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल समुदायको मनोबललाई पनि उचाल्ने विश्वास छ,’ उनले भने।
उनले अटो क्षेत्रलाई सरकारको सहयोग आवश्यक रहेको बताए । ‘सरकारले अटो सेक्टरलाई निरुत्साहित गर्दै आएको छ। व्यवसायीहरूका लागि यो रोजीरोटी हो। सरकारका लागि पनि कर उठाउने राम्रो स्रोत हो,’ उनले भने, ‘त्यसैले अटो क्षेत्रलाई सरकारको सहयोग आवश्यक छ।’ उनले नाडा अटो शो का लागि नयाँ प्रदर्शनीस्थल आवश्यक भएको पनि बताए।
मेला अवलोकन गर्न चाहनेहरुले खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्नेछन्। अग्रिम टिकट खरिदकर्ताका लागि १० भदौसम्मका लागि २० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको नाडाले जनाएको छ ।
यस मेला अवधीभर करिब ७५ हजारजना भन्दाबढीले अवलोकन गर्ने नाडाको अनुमान छ। नाडाले जानकारी दिए अनुसार मेलामा टाटा डट ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायोजकका रुपमा रहनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।