logo

स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो काठमाडौं–पोखरा सुपर एसी सोफा सीट बस

    858   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – यातायात क्षेत्रका पुरानो र सफल युवा व्यवसायी ईश्वर थापा (खोम) द्धारा स्वस्थानी यातायात (एयर बस) काठमाडौं–पोखरा रुटमा सञ्चालनमा ल्याएका छन । उनले शुक्रबारबाट स्वस्थानी यातायात ट्राभल्सले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको बताएका हुन् ।
यहि दशैं–तिहार र छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरि सो ट्राभल्सले सुविधा सम्पन्न सोफा सीट जडान गरिएको दुइवटा बसबाट सेवा सुरु गरेको जनाएको छ । छोटो समयमा नै थप बस समेत सञ्चालनमा आउने सो कम्पनीले जनाएको छ ।
यात्रुहरुको सुविधालाई ध्यानमा राखेर आधुनिक सोफा सेट,एसी,हीटर,मोबाइल चार्जर पोइन्ट र वाइफाइको समेत सुविधा रहेको सो ट्राभल्सका सञ्चालक ईश्वर थापाले बताए ।
यस बसका सञ्चालक थापा निकै लामो समयदेखि पृथ्वी राजमार्ग अन्तर्गत सञ्चालन हुने यातायातको क्षेत्रमा एक सफल तथा चर्चित व्यवसायी पनि हुन् ।
हाल यो यातायातले पोखरा र काठमाडौंबाट दिउँसोको समयमा सेवा सुचारु गरेको जनाएको छ । यस बसको टिकट अनलाइन मार्फत पनि खरिद गर्न सकिने सो ट्राभल्सलले जनाएको छ ।
यस बस सेवाको शुक्रबार राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा आएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।