logo

टाटाको ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा

    3660   पटक पढिएको

८ असार / अर्थ र व्यापार  - सिप्रदी ट्रेडिङ्ले ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा भित्र्याएको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसको भित्रको भागमा फराकिलो छ । एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम  जडान गरिएको छ। बाहिरी भागमा १८० एमएम ग्राउन्ड क्र्ल क्लियरेन्स छ । स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलर  छ । यसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीयस  जस्ता प्राविधिक विशेषताहरू छन् ।

भेरियन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्टजस्ता फिचरहरु पनि यसमा छन् । टाटा मोटर्सका प्यासेन्जर भेइकल्सक अन्तर्रा्ष्ट्रिय बिजनेसका प्रमुख सुजन रोयलले ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकहरूको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्ने बताए । सिप्रद्धिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नयाँ उत्पादनसँगै नेपाली बजारमा बलियो उपस्थिति बनाउनतर्फ केन्द्रित भएको बताए । 

टाटा टियागो ६ रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट,प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । स्ट्यान्डर्ड वारेन्टी पनि रहेको छ । यसको सुरुवाती मूल्य २४ लाख ९५ हजार रुपैयाँबाट सुरु हुन्छ । फुल अप्पसनको मूल्य ३१ लाख ९५ हजार रुपैयाँ छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।