logo

नाडाले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने, नाडालाई राजधानीमा मात्र सीमित गरिएको उपाध्यक्ष ढकालको आरोप

    3536   पटक पढिएको

२२ पुस /अर्थ र व्यापार - नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने भएको छ । हालसम्म काठमाडौं उपत्यकामा मात्र सीमित नाडाले आफ्नो विधानमा परिवर्तन गरी देशव्यापी हुने जनाएको हो । नाडाका उपाध्यक्ष प्रकाश कपुरीले विधानमा संशोधन गरेर मुलुकका अन्य शहरमा रहेका अटोमाबाइल डिलर्सका सङ्घसंस्थालाई पनि नाडामा समाहित गर्ने बताए । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन (माडा) को १२औँ साधारण सभा तथा छैठौँ महाधिवेशनको उद्घाटन समारोहमा उपाध्यक्ष कपुरीले सात वटै प्रदेशलाई समेट्ने गरी नाडाको विधान संशोधन भइरहेको जानकारी दिए ।

यसअघि माडाका पूर्व अध्यक्ष हरिकृष्ण ढकालले नाडाका पदाधिकारीले नै बाहिरका व्यवसायी र तिनका सङ्घसंस्थालाई नियतवश नाडामा समाहित हुन नदिएको आरोप लगाए । बाहिरका सङ्घसंस्था र व्यवसायी नाडामा आए भने आफ्नो हालीमुहाली सकिन्छ भनेर नाडालाई राजधानीमा मात्र सीमित गरिएको उपाध्यक्ष ढकालको आरोप थियो ।

उनले मोरङमा अटोमोबाइल्सका डिलरहरू ८५ वटा रहेको जानकारी दिँदै सबै डिलर नाडामा मतदाता हुन पाउनुपर्ने आग्रह गरे ।  नाडाका पदाधिकारीले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई भेटेर विभिन्न सामानको मूल्याङ्कन र तिर्नुपर्ने राजस्वलाइ आफूअनुकूल मात्र निर्धारण गराउने गरेको दाबी गर्दै  हरिकृष्णले यसबाट राजधानी बाहिरका व्यवसायी मारमा परेको गुनासो गरे ।

उनले नाडा राष्ट्रिय स्तरको सङ्गठन होइन र हुनै सक्तैन भन्ने अडान प्रस्तुत गर्दै जिल्ला–जिल्लाबाट गएका प्रतिनिधिले चुनेको सङ्गठनले मात्र आफूलाई राष्ट्रिय स्तरको भन्न सुहाउने तर्क गरे । मोरङ व्यापार सङ्घका उपाध्यक्ष सुशील जोशीले अटोमोबाइल व्यवसायीलाई सरकारले चोरको दृष्टिले हेर्ने गरेको उल्लेख गर्दै देशभित्र बिना प्रज्ञापनपत्र ढुवानी गरिएको थोरै परिमाणको सामान पनि बरामद गर्ने नियम हटाउनु पर्ने माग गरे ।

मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका सचिव सञ्जय श्रेष्ठले भन्सार कार्यालयले बिल अफ एक्स्पोर्ट र जिएसटी बिल भएको मालसामानको पनि आफूखुशी मूल्याङ्कन गरिरहेको टिप्पणी गरे । अधिवेशनले सुवास आचार्यका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा किरण भट्टराई, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा डिलु आचार्य र सहसचिवमा मनोजविक्रम शाह चुनिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।