logo

स्वरोजगार बन्न चाहनेको रोजाईमा महिन्द्रा बोलेरो, असोजमा मात्रै ३०० बढी बिक्री

    3869   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको लागी गरेको लकडाउन तथा आवतजावतमा लगाएको बन्दाबन्दी खुकुलो भएसंगै नेपालमा महिन्द्रा बोलेरोको माग उच्च भएको छ ।  

असोज महिनामा मात्रै महिन्द्राको तीन सय बोलेरो पिकअप बिक्री गरेको महिन्द्राको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडले जनाएको छ । 

कम्पनीका महाप्रबन्धक वरदान बस्नेतले भदौ र असोजको डिमान्ड एकैपटक आउँदा आपूर्तिमा चाप परेको बताए । उनले बन्दाबन्दीका कारण भदौमा खरिद गर्न चाहेका उपभोक्ता समेत असोजमा आएका कारण डिमाण्ड बढेको बताए । 

महाप्रबन्धक बस्नेतका अनुसार कोभिड–१९ महामारीपछि वैदेशिक रोजगारीबाट फर्किएका स्वरोजगार बन्न चाहनेले किनेकाले पनि एकैचोटी माग बढेको हुनसक्ने बताए । उनले यस अवधिमा बैंकले समेत सस्तो ब्याज दरमा ऋण दिएकाले पनि गाडी किन्न सहज भएको बताए ।

नेपालको ग्रामीण क्षेत्रमा बोलेरो गाडीको माग उच्च रहेको छ । नयाँ ट्रयाक खुल्नेबित्तिकै त्यहाँ हुने सामान ढुवानी र यात्रु ओसारपसारका लागि बोलेरो उपयोगी भएका कारणले पनि माग बढेको हो । पहाडमा डबल क्याब पिकअप किन्ने धेरैजसो स्वरोजगार मजदुर रहेका छन् ।

महिन्द्रा बोलेराको पावर, भारवहन क्षमता बिशेष गरि अफ रोडलाई लक्षित गरेरै बनाइएको हुन्छ । बोलेराकोे १२ सय ५० किलो देखि १५ सय किलोसम्म तौल बोक्ने क्षमता छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।